कञ्चनपुरको बेलौरीमा १५ वर्षीया एक बालिका सुत्केरी भएको घटना बाहिरिएको छ । १५ बर्षिय बालिकाको अवैध गर्भधारणबाट शिशुलाई जन्म दिएर आमा बनेकी बालिका भने अविवाहित छिन।

अविवाहित बालिकाले शिशु जन्माएपछि कस्को अबैध योन सम्पर्कबाट उक्त बच्चा जन्मियो भन्ने प्रश्न भने हालसम्म अनुत्तरित नै छ ।तर बालिकाका परिवारका सदस्यले नै उक्त घटनालाई बाहिर ल्याउन नचाहेको संकेत देखिन्छ । उक्त घटनाको विषयमा बाहिर चर्चा हुन थालेपछि पीडित पक्षबाट बालिकाको भिनाजु नाता पर्ने एक जना भारतीय करिब २२ वर्षीय युवकको नाममा किटानी जाहेरी आएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

यसअघि बैशाख १९ गतेका दिन ती युवक र बालिका दुवै जनालाई भारततर्फ भाग्ने क्रममा प्रहरीले नियन्त्रण लिई अभिभावकको जिम्मा लगाएको प्रहरी रिपोर्टले देखाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस