कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि द्वार बन्ने भएको छ । निकुञ्ज भित्र अवलोकनका लागि एक मात्रै प्रवेसद्वारा भएकाले त्यसको विकल्पमा दक्षिणी क्षेत्र बेलडाँडीबाट समेत प्रवेस द्वार बन्ने भएको हो । आइतबार बेलडाँडी गाँउपालिका ५ झिलमिलामा स्थानीय सरकार सहित सरोकारवालासंग छलफल भएको छ । छलफलमा सरोकारवाला निकायका प्रतिनिधीले निकुञ्जलाई पर्यटकीय थप गन्तव्य बनाउनका लागि बेलडाँडी हुँदै प्रवेसका लागिद्वार निर्माणमा जोड दिएका छन ।

धनगढी विमानस्थलदेखि बेलडाँडी झण्डै ४५ किलोमिटर पश्चिममा बेलडाँडी रहेको छ । विभिन्न स्थानबाट निकुञ्ज घुम्न आउने पर्यटककालागि उक्त दक्षिणी भएर सहज गन्तव्य हुने भन्दै सरोकावाल निकायले बेलडाँडीदेखि प्रवेसद्वार खोल्नुपर्नेमा जोडदिएका छन । धनगढी विमानस्थलदेखि दक्षिणी भएर निकुञ्ज अवलोकनका लागि पर्यटकहरुलाई समेत सहज हुने भएकाले बेलडाँडीदेखि प्रवेसद्वार बनाउनुपर्नेमा जोडदिएका छन ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेसका लागि बेलडाँडीबाट प्रवेसद्वार बनाउनका लागि सरोकारवाला एकमत भएको बताए । छलफलमा बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र राना सहित बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी, नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल्स एजेन्सी(नाटा), धनगढी विमानस्थलकार्यालय, निकुञ्ज कार्यालयका पदाधिकारी, पर्यटन व्यवसायी सहितको सहभागि रहेको थियो ।

छलफलमा सहभागिहरुले दक्षिणी क्षेत्रबाट सकेत पर्यटन ¥याक बनाएर पर्यटकीय विकासमा जोडदिएका छन । धनगढी विमान स्थलका प्रमुख रामकृष्ण भट्ट, नाटा सुदूरपश्चिमका प्रमुख पदम विक्रम सिह, होटल व्यवसायी महासंघ सचिव कमल बम लगायतका सरोकारवाला प्रतिनिधीले उक्त क्षेत्रबाट पर्यटकीय रुष्ट विस्तारका लागि आ–आफ्नो स्थानबाट सक्दो पहल एव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि द्वार खोल्नका लागि सबै एजेन्सी सरोकावालाले एकमत भएको बताए ।

‘यस क्षेत्रबाट रुट खोल्नका लागि सरकारी एव निजी क्षेत्रका पदाधिकारी एकमत भएका छन, ‘उनले भने, ‘बेलडाँडी गाँउपालिकाले स्थानीय भएको नाताले सक्दो योजना अघि बढाएर द्वार संचालनका लागि पहल गर्छ ।’ ३०५ बर्ग किलोमिटरमा फैलिएको निकुञ्जको मुख्य फाँटा क्षेत्र अवलोकनका लागि स्वदेश तथा विदेशी पर्यटक दक्षिणबाट भित्र्राउन सके पर्यटन क्षेत्रले फट्को मार्ने अपेक्षा राखिएको छ ।

यस अघि पनि बेलडाँडीको कालिकिचमा निकुञ्ज प्रवेसका लागि द्वार संचालनका लागि तत्तकालिन वनमन्त्री शक्ति बहादुर बस्नेतले शिलान्यास गरेका थिए । अब रुट संचालनमा ल्याउने सरोकारवाला पक्षले प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस