कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीकी किशोरी द्रोपती कुँवर ‘एयरहोस्टेज’ हुन । तीन बर्ष अघि फ्लाई ट्याक ईन्टरनेशनल प्रालि पुतलिसडक काठमाण्डौँबाट ‘एयरहोस्टेज’को कोर्ष गरेकी द्र्रोपती पृथक पेशामा आबद्ध छिन । अध्ययन अनुरुप अहिले हरेक दिन आकासमा उड्नुपर्ने भएपनि २३ बर्षिया द्रोपती कृषि व्यवसायमा जुटेकी छिन ।

बिहान उठ्दादेखि राती सुत्दासम्म कुखुरा, बाख्रा, गाईको स्याहार सुहारमै दिन द्रोपतिको दिनचर्या कटिरहेको छ । गाँउकै युवाबर्ष माविबाट एसईई उर्तिण गरेर दानेश्वर बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दै गर्दा उनी प्राविधिक शिक्षा अध्ययनका लागि ०७६ सालमा काठमाण्डौँ गएकी थिईन । सहोदर राजु नेपाल वायु सेवा निगममा कार्यरत हुँदा उनलाई पनि दाजुकै जस्तो समानान्तर मिल्ने प्रकृतिको पेशा गर्ने चाहना अनुरुप एयरहोस्टेजको कोर्ष गरेकी थिईन । ‘मेरो पढाई सकिए लगतै कोरोना महामारीले लकडाउन भयो, ‘द्रोपतीले भनिन, ‘अनि म घर आए, बुवाले यस अघि नै केराखेती गरेका थिए, घर परिवारकै सल्लाह अनुरुप थप व्यवसाय बढाएका छौँ ।’

लकडाउन कारणले काठमाण्डौँ फर्किने वातावरण नभएपछि अध्ययन अनुरुप जागिरको खोजी भन्दा गाँउमै कृषि व्यवसायमा जुटेको उनले बताईन । अहिले द्रोपतीले तिलकेनी गाँउमै कुँवर पशुपन्छी फर्म नै खोलेर कृषि व्यवसायको नेतृत्व गरिरहेकी छिन । द्रोपती फर्म माफत बोईलर कुखुरा, बाख्रा, जर्सी गाई पालन गरेर कृषितर्फ उदाहरणीय काम गरेकी छिन । ‘कुखुरा, बाख्रा र दुध बेच्दै आएका छौँ, ‘उनले भनिन, ‘मासिक एक डेढ लाख बराबरको कारोबार गर्दै आएका छौँ ।’ पछिल्ला बर्षहरुमा जहाज दुर्घटनाले झनै त्रास फैलाएको बताईन । ‘मैले जुन विषय अध्ययन गरेकी छु, त्यो विषय अनुरुप जागिर गर्दा कतै जहाज दुर्घटना हुँदा घर परिवार डराउँछन, ‘उनले भनिन, ‘त्यही भएर पनि म पढे अनुरुप एयरहोस्टेजको जागिर गर्न चाहेकी छैन ।’ पढाई अनुरुप जागिर गर्नुपर्छ भन्ने केही छैन, समाजमा केही गर्नका लागि कृषि व्यवसाय समेत सम्मानित पेशा जस्तै भएको छ ।’ उनको पेशामा आमाबाबु सहित घर परिवारले समेत साथ दिएका छन । द्रोपतीका बाबु पदम कुँवरले ०६१ सालदेखि व्यवसायीक रुपमा केराखेती गरिरहेको बताउँदै उनले छोरीको चाहना योजना अनुरुप अहिले व्यवसाय बृद्धि गरेको बताए । अहिलेको कृषिको कारोबार सबै द्रोपतीले सम्हालेको बताउँदै उनले आफुहरु त सहयोगी मात्रै भएको बताए । ‘अब हामीले ड्रागनफुटदेखि आधुनिक फलफुलखेती गर्ने तयारी गरेका छौँ, ‘उनले भने, ‘फर्ममा ४०÷५० लाख लगानी गर्दा समेत कतैपनि सरकारी निकायबाट सहयोग पाएका छैनौँ ।’ अनुदान लिएर काम नगर्ने र कर्मचारीलाई घुस नदिदा अनुदानबाट बञ्चित भएको उनले अनुभव छ । द्रोपतीको मेहनत देखेर स्थानीय समेत हर्षित भएका छन । छोरी मान्छे त्यसमा पनि एसरहोस्टेज कोर्ष गरेर कृषि व्यवसायमा भविष्य देखेर काम गरेको भन्दै उनको प्रसंसा भईरहेको छ ।

प्रतिक्रिया दिनुस