कञ्चनपुर, १२,बैतडीको सित्तडमा रहेको अवैध क्रसर उद्योग बन्द गर्न स्थानीयले माग अघि सारेका छन । दोगडाकेदार गाँउपालिका ६सित्तडका स्थानीयले अवैध क्रसर उद्योग बन्द गर्न स्थानीयले माग अघि सारेका हुन ।

स्थानीयले वडाध्यक्ष गोपाल सिह कार्की मार्फत अवैध मापदण्ड विपरित संचालन भईरहेको क्रसर उद्योग बन्द गर्न ज्ञापन पत्र बुझाएका हुन । स्थानीयले सरकारी कार्यालय, कर्मचारीको सेटिङ्गमा अवैध रुपमा मापदण्ड विपरित उद्योग संचालनमा रहेको र त्यसले जनतालाई असर गरेकाले यथाशिघ्र उद्योग बन्द गर्न माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस