कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ मा अव्यवस्थित बसोबास रहेको जग्गा नापी कार्य शुरू भएको छ । शुक्रवार वार्ड कार्यालयमा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख रण बहादुर महराबाट वार्ड नम्वर १ मा रहेको अव्यवस्थित बसोबास ,भुमिहिन दलित तथा सुकुम्बासी हरूको जग्गा नापि कार्य उद्धाटन गर्दै जग्गा नापी कार्यको शुरू गरिएको हो ।


वार्ड नम्वर १ मा रहेको अव्यवस्थित बसोबास ,भुमिहिन दलित तथा सुकुम्बासी हरूकोजग्गा नापी कार्य छिट्टै सम्पन्न गरेर जनतालाई जग्गाका मालिक बनाउने नगर प्रमुख रण बहादुर महराले बताए । हामिले छिट्टै जग्गा धनीका मालिक बनाउने कार्यमा नापि शुरू गरिरहेका छौ सबै जनताले सहज बिवाद रहित सान्त तरिकाले जग्गा नापि गर्न सहज गरिदिन वार्ड बासी, राजनितिक दलका प्रतिनिधि, सरोकार सबैलाई आग्रह गरेका छन ।

सडकको क्षेत्राधिकार, नदिको क्षेत्राधिकार , नालाको क्षेत्राधिकार, सार्वजनिक जग्गाको क्षेत्राधिकार छुट्याएर नापि गरिने भएकोले सबै जनताले जग्गा नापि टोलि आउँदा आफ्नो भोग चलनमा रहेको लगत संकल फारम भरेको निष्सा कागज साथमा राखेर आफ्नो जग्गा नापि गरेर आफ्नो जग्गाको मालिक बन्न अनुरोध गरेका छन ।

अव्यवस्थित बसोबासको जग्गाको कर के कति लाग्ने भन्ने बिषयमा जनताले राखेको जिज्ञासामा नगर प्रमुख महराले हामि पनि अनविज्ञ रहेका छौ आयोगले गरेको निर्णय बमाजिम हुने बताए । नगर प्रमुख महराले भने हामि जनतालाई सहज रुपमा कम भन्ना कम कर लिने गरेर जग्गा पुर्जा उपलब्ध गराउनका लागि करको बिषयमा आयोग संग कर कम गर्न अनुरोध गरेर पत्राचार गर्ने बताए ।

जग्गा नापी कार्यको उद्धाटन कार्यक्रम वार्ड १ का अध्यक्ष उत्तर देव भट्ट अध्यक्षतामा भएको थियो। जग्गा नापि कार्य उद्धाटन कार्यक्रममा शुक्लाफाँटा नगर पालिका नगर प्रमुख  रण बहादुर महरा प्रमुख अतिथि र नगर उप प्रमुख कल्पना पन्त बिशिष्ट अतिथि रहेका थिए ।  कार्यक्रममा अतिथि शुक्लाफाँटा नगर पालिका भुमि शाखाका प्रमुख मोहन राज फुलारा कार्यपत्रको व्याख्या गरेका थिए । उन्ने भने जिपिए पाइन्ट राखेर ३४ ओटा पिलर राख्ने कार्य सम्पन्न भएको गरिएको छ आज जग्गा नाप्ने कार्य शुरु गरिएको बताए । चार दिशाको चार किल्लामा चारै तिर आफुले चलन भोग गरेको जग्गा धनीको उपस्थितिमा नापाी कार्य गरिने बताए ।

प्रतिक्रिया दिनुस