कञ्चनपुर । नेकपा एमाले कञ्चनपुर(बेलौरी)का नेता यज्ञ प्रशाद कडेलले कञ्चनपुरको दक्षिणी क्षेत्रको पर्यापर्यटन विकासका लागि पुर्व खानेपानीमन्त्री बिना मगरको महत्वपूर्ण भूमिका रहेको बताएका छन ।

एमाले नेता कडेलले क्षेत्र १बाट निर्वाचित निर्वतमान प्रतिनिधी सभा सदस्य एव पुर्व खानेपानीमन्त्री मगरले दक्षिणी क्षेत्रको पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका रहेको बताए ।

शनिबार बेलौरी उद्योग वाणिज्य संघको महोत्सव संचालन सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता कडेलले कसैको पनि भूमिका भुल्न नहुने भन्दै उनले ‘बेलडाँडी भएर निकुञ्ज प्रवेसद्वार निर्माणका पुर्व खानेपानीमन्त्री बिना मगरको महत्वपूर्ण भूमिको बताएका हुन ।

‘उतिबेला वनमन्त्री शक्ति बहादुर बस्नेत र हाम्रै क्षेत्रबाट प्रतिनिधी सभा सदस्यमा प्रतिनिधित्व गर्ने पुर्व खानेपानीमन्त्री बिना मगरको महत्वपूर्ण भूमिका रहेको पाईन्छ, ‘उनले भने, ‘अब दक्षिणको पर्यटन विकासका लागि बाँकी काम वर्तमान सरकारले अघि बढाउनुपर्छ ।’ सरोकारवालाको भूमिका समेत हुनुपर्ने नेता कडेलको भनाई थियो ।

प्रतिक्रिया दिनुस