शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बंशाहामा रहेको बंशाहामा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको प्रथम वार्षिक साधारण सभा एवं अधिवेशन सम उद्धघाटन भएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सघिय साँसद नारायण प्रकाश एनपी साउँदको प्रमुख आतिथ्यतामा कार्यक्रम सम उद्धघाटन भएको हो । कार्यक्रमा बोल्दै प्रमुख अतिथि साउँदले खानेपानी सञ्चालनका निम्ति बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

प्रमुख अतिथि साउँदले खानेपानी आयोजना छिट्टै सम्पन्न गर्न र सञ्चालनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नागरिकको पहुँचमा खोनपानी पुर्याउन म लागि पर्ने छु । बजेटको अभावले खानेपानी सञ्चालनमा अवरोध हुने छैन,प्रमुख अतिथि साउँदले भने,म बन्शाह खानेपानी आयोजनाको बजेटका लागि पहलकदमी गर्ने बताए ।

बंशाहा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सुवर्ण विष्टको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा अध्यक्ष विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष विष्टले बजेट अभावले गर्दा समयमै खानेपानी आयोजना सम्पन्न हुन नसकेको बताए ।

यद्यपी पर्खाल , डिप बोरिङ निमार्ण , भवन निर्माण कार्य सम्पन्न भएको र टंकी निर्माणका प्रक्रियामा रहेको अध्यक्ष विष्टले जानकारी दिए । खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि घर घरमा खानेपानी सेवा उपलब्ध हुने छ ।

बन्साह खानेपानी उपभोक्ता तथा सरसफाई समितिका उपाध्यक्ष धनञ्जय अवस्थीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रमको सञ्चालन कृष्ण देव जोशीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि साउँद संगै बिशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्त अतिथि वडा नम्बर १ का वडाध्यक्ष उत्तरदेब भट्ट,निवर्तमान वडाध्यक्ष हरिश विष्ट रहेका थिए । त्यस्तै अतिथिमा विभिन्न राजनीतिक दल,संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थिए ।

कार्यक्रममा बन्साह खानेपानी उपभोक्ता तथा सरसफाई समितिले खोनपानी सम्बन्धी जनचेतनामुलक सन्देश सडक नाटक प्रर्दशन गरेको भन्दै लगनशील युवा सञ्जालका सदस्य लाई सम्मान गरेका छन । त्यस्तै खानेपानी आयोजना सञ्चालन गर्न समितिलाई जग्गा उपलब्ध गर्ने भगवती महिला सामुदायिक वनका अध्यक्ष जानकी ओझालाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । खानेपानी आयोजनाको बन्द सत्र कार्यक्रम समय अभावले अर्को सूचना जारी गरेर केहि दिनमा नयाँ समिति चयन गर्ने सल्लाह बमोजिम स्थगित गरिएको अध्यक्ष शुवर्ष बहादुर बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस