कञ्चनपुर, २७

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका जनताका अथाह, अभाव एव तमाम समस्याग्रस्त छन । उनीहरुलाई दैनिक गुजारा चलाउन धौउधौउ छ । यस्ता विपन्न गरिब जनताको जिवनस्तर बृद्धिका लागि देशमा तीन सरकार भएपनि कुनैपनि सरकारले योजना ल्याएका छैनन् ।

संघको केन्द्रीय सरकार बनाउन भत्काउने, प्रदेश सरकार विश्वासको मत पाउनै नसक्ने खेलमै रुमलिरहेका बेला स्थानीय सरकार जन्मदिन मनाउन तल्लिन छन । शुक्रबार शुक्लाफाँटा नगरमा यस्तै एक दृश्य बाहिरिएको छ ।

नगरमा आरक्षपीडित, भूमिहिन,मुक्त कमैया, हलिया, चलिया, वाढीपीडित, आर्थिक रुपमा विपन्न जनता तमाम समस्याबाट ग्रसित छन । तर, यती समस्याले चाङ भरिएका नगरका मेयर भने सेटिया भोगीशैलीमा कार्यालयमै जन्मदिन मनाएर केक काट्न व्यस्थ छन । त्यहीपनि प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्ट, उपप्रमुख तुलसी पन्त सहितका कर्मचारी जनप्रतिनिधी जम्मा गरेर केक काट्न थालेपनि सेवाग्राही मारमा परेका छन । चुनावका बेला तिनै गरिब दिनदुखतका दैलोमा गएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका कम्युनिष्ट मेयर राजसीशैलीमा जन्मदिन मनाउन थालेपछि चौतर्फि आलोचना भईरहेको छ । शुक्लाफाँटा नगरका काँग्रेस नेताहरुले अक्सर गरेर कम्युनिष्ट नेता काँग्रेस, राप्रपा सहितलाई भोगी सुुविधा मोजमस्तीवाला भन्दै आरोप लगाउने गरेपनि कम्युनिष्ट नेता चुनाव जितेपछि पश्चिमा संस्कृतिको प्रर्बद्धन गर्नका लागि कार्यालयमै जन्मदिन मनाउन उद्यत रहेको भन्दै आलोचना गरिरहेका छन । एमाले शुक्लाफाँटा नगरका एक नेताले कार्यालयमा केक काटेर जन्मदिन मनाउने मेयरले उक्त प्रकरण विषयान्तर गर्न बन्साहको एक विद्यालयमा नाटकियशैलीमा शैक्षिक समाग्री वितरण गरेको आरोप लगाएका छन । मेयर महरासंगै माओवादी केन्द्रबाट चुनाव लडेका नवराज ऐरले कार्यालयम केक काटेर जन्मदिन मनाउने कार्यको टिप्पणी गरेका छन । ऐरले बायातिर उपमेयर, दायाँतिर कार्याकारी अधिकृत राखेर कार्यालय परिषरमै मेयरसापले जन्मदिन मनाउनु भएछ, भन्दै यतीभएसी शुक्लाफाँटा नगरपालिका कर्मचारीपनि आधुनिक चाकरीमै नमुना व्यस्थ, मेयरसाप पनि प्रफुल्ल सेवाग्राही रनभुल्लमा भन्दै टिप्पणी गरेका छन । यसरी कम्युनिष्ट जो आफ्नो खुसी भन्दा जनताको दुखसुखमा रमाउने हुन्छन, उनीहरु जनताको दुख तिलान्जली दिदै आफ्नो सुखलाई कार्यालयमै मनाउँछन भन्दै तिव्र आलोचना भईरहेको छ । एमालेकै नीति पनि जनमुखी बन्नुपर्ने भएपनि नगरका जनता कुनै तिहारका दिन एकछाक मिठो खाना खान नपाउने अवस्थामा नुनसंगै खानुपर्ने बाध्यता भएका नगरका मेयर यसरी बर्षदिन नपुग्दै राजर्सीशैलीमा दिवस मनाएर गलत संस्कारको बिजारोपण गर्न खोजिएको भन्दै आलोचना गरिएको छ । चौतर्फि जनता सम्पन्न भएको अवस्थामा मेयरले कार्यालयमै आधुनिक केक काट्नु जायज भएको सुझाव आएको छ । कार्यालयमै केक काटेको विषयमा मेयर रण बहाुदर महरासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेन ।

प्रतिक्रिया दिनुस