काठमाडौं । १७ औँ किसिपिडी बुदोकै-दो राष्ट्रव्यापी फुलकन्ट्याक्ट च्याम्पियनसिपमा प्रविन लामा र अनिशा तामाङ च्याम्पियन भएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको किसिपिडीमा सम्पन्न च्याम्पियनसिपको खुला तौल समूहमा महिला र पुरुषतर्फ क्रमशः काठमाडौंका लामा र तामाङले स्वर्णपदकसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका हुन् ।

यसैगरी ६०, ५५ र ५० किलो तौल समूहमा पनि क्रमशः काठमाडौंकै नरेन्द्र महर्जन, सुजल महर्जन र राम शाहीले स्वर्ण जित्दा ४५ किलो तौलमा पनि काठमाडौंका शरण सुनुवारले स्वर्ण हात पारे ।

४० किलो तौलमा आयुष राईले स्वर्ण जित्दा ३५ किलो तौल समूहमा कञ्चनपुरको शुक्लाफाँटा बुदाेकै -दाे शाखाका बासुदेव खडायतले स्वर्ण जिते । ३० किलो तौलमा भने ललितपुरका विलुक्स मल्ल स्वर्ण जिते । २५ किलो तौलमा कञ्चनपुरका किरण भण्डारीले स्वर्ण हात पारे ।त्यस्तै ‌राष्ट्रव्यापी बुदोकै -दो राष्ट्रिय फुलकन्ट्याक्ट् कराँते च्याम्पियनसिप -२०७९ मा कञ्चनपुरको शुक्लाफाँटा बुदाेकै -दाे शाखाबाट सहभागी भई पदक जित्ने सफल भएका छन । यस्तै शुक्लाफाँटा शाखाबाट सहभागी आयुष राना ३० के.जि द्वितीय, प्रशान्त बिष्ट ३५ के. जि द्वितीय, सिर्जना भट्ट ५० के. जि द्वितीय,बविता बिष्ट ४० के.जि महिला तृतीय, पुजा साउँद महिला खुल्ला तृतिय भएका शुक्लाफाँटा बुदाेकै -दाे शाखा प्रमुख तथा प्रशिक्षक लक्ष्मन बोहराले जानकारी दिनुभयो।

यस्तै, महिला ५० र ४० किलो तौल समूहमा बझाङका उषा रावल र बिमला बोहराले स्वर्ण जितेका थिए ।

दुई दिनसम्म काठमाडौंमा भएको च्याम्पियनसिपमा देशका सातै प्रदेशका ३०० भन्दा धेरै महिला/पुरुष खेलाडीहरुले १२ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

 

प्रतिक्रिया दिनुस