कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुक्का बन्दरगाहलाई त्रिदेशीय नाकाकै रुपमा विकास गर्ने बताउनुभएको छ । सोमबार सुक्का बन्दरगाह निर्माण स्थल दोधाराचाँदनी नगरपालिका १ चाँदनीमा स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री दाहालले सुक्का बन्दरगाहलाई उत्तरमा चिन र दक्षिण भारतसंग जोड्ने बताउनुभयो ।

‘सरकारले सुक्का बन्दरगाह प्राथमिकताका साथ निर्माण गर्छ, ‘प्रधानमन्त्री दाहालले भने, ‘भारत सरकारसंग एमओयूगरेर अघि बढाउँछौँ ।’ सुक्का बन्दहगाह निर्माण भएसंगै यस क्षेत्र मात्र नभई सुदूरपश्चिम प्रदेश र समग्र देशकै आर्थिक विकास हुने अपेक्षा राख्नुभयो ।

‘मेरै पालामा सुक्का बन्दरगाहको शुरुवात भएको हो, ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘अब उटा सपना पुरा हुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले निर्माणाधिन महाकाली पुलको समेत अनुगमन गर्दै पुल निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभयो । ‘पुलसंगै बाँध निर्माणको समेत महत्वपूर्ण आवश्यकता छ, ‘प्रचण्डले भने, ‘त्यसका लागि सरकारले गर्ने कार्य अघि बढाउँछ ।’

प्रतिक्रिया दिनुस