कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा पनि संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले दुई महिने सगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको हो ।

केन्द्रीय निर्णय अनुरुप कञ्चनपुरमा पनि अभियान संचालन हुने भएको छ । पुनर्वासमा सम्पन्न भएको माओवादी केन्द्र कञ्चनपुरको बैठकले जिल्लामा अभियान संचालन गर्ने निर्णय गरेको छ । नेकपा माअ‍ोवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले पार्टी केन्द्रको निर्णय अनुरुप कञ्चनपुरमा समेत अभियान संचालन हुने बताए ।

‘एक हिसाबले जिल्लामा अभियान शुरु भैसकेको छ, ‘उनले भने, ‘जिल्लाको बैठक पनि अभियान अन्र्तरगत नै हो, अब हामी पालिका सहित वडा स्तरमा जान्छौँ ।’

अभियान अन्र्तरगत पार्टीले अघि सारेका एजेण्डाबारे जनतालाई सुसुचित गराउनेदेखि जनताका आधारभूत समस्या अध्ययन गर्दै भावि दिनमा समाधानका लागि योजना ल्याईनेछ । अभियान संचालनका लागि केन्द्रबाटै केन्द्रीय स्तरका नेता, प्रदेश, जिल्ला एव पालिका पदाधिकारी खटिने छन । केन्द्रबाटै केन्द्रीय सदस्यहरुलाई संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्रमा जिम्मेबारी दिएकोछ । सयोजक पाण्डेका अनुसार अभियान संचालन र प्रभावकारी बनाउनका लागि केन्द्रीय सदस्य एव पुर्वमन्त्री बिना मगरलाई क्षेत्र १, संविधान सभा सदस्य एव केन्द्रीय सदस्य देवीलाल चौधरीलाई क्षेत्र २ र संविधभान सभा सदस्य एव केन्द्रीय सदस्य टेकेन्द्र प्रशाद भट्टलाई ३ नम्बर क्षेत्रको जिम्मेबारी दिएको छ ।

यस्तै गरी प्रादेशिक निर्वाचन क्षेत्रमा समेत केन्द्रीय कमिटिमा रहेका नेताहरुलाई जिम्मेबारी दिएको छ । क्षेत्र १(क) लोकेन्द्र लम्साल, (ख) दिपा चौधरी, २(क) गोबिन्द विक, (ख) पदमराज जोशी, ३(क) माया नेगी र ३(ख)मा निर्वतमान प्रदेशका राज्यमन्त्री समेत रहेका मान बहादुर सुनारलाई जिम्मेबारी दिएको छ । ‘उतै केन्द्रबाट समेत नेता ज्यूहरुलाई जिम्मेबारी दिईएको छ, ‘संयोजक पाण्डेले भने, ‘थप भुगोलमा रहेका प्रदेश, जिल्ला, पालिका कमिटिका पदाधिकारी एव सदस्यलाई समेत सम्बन्धीत क्षेत्रमा दिईएको छ ।’ अभियान संचलनका लागि संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेबारी पाएका नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।

अभियान अन्र्तरगत समग्र कञ्चनपुरको हालका विद्यमान आर्थिक, समाजिक, राजनीतिक, साँस्कृतिक समस्या बारे समेत जनतासग छलफल गरेर अघि बढ्ने बताए ।

जस्तै सीमा समस्या, आरक्षपीडित, भूमिहिन, सुकुमबासी अव्यवस्थित बसोबासी, वाढी कटानी, किसान मजदुर, उद्योगी व्यवसायीका समस्या लगायतका विवित समस्या बारे पार्टीले समाधानका लागि सरकारसंग पहल गर्छ । आगामी बैशाखसम्म अभियान वडा स्तरमै संचालन हुनेछ । अभियान संचालनका कञ्चनपुरका पालिका कमिटिले तयारी गरिरहेको जनाएका छन ।

नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य दिपक बिसी (आर्दश)ले अभियान अन्र्तरगत पुनर्वासमा २२, २३देखि शुरु गर्ने बताए । ‘हामीले केन्द्र, प्रदेश र जिल्लाको निर्णय अनुरुप पालिकामा समेत अभियान सचालन गछौँ, ‘उनले भने, ‘पुनर्वासमा प्रभावकारी बनाउँछौँ ।’ नेकपा माओवादी केन्द्र सुप प्रदेशका सचिवालय सदस्य अमर चौधरीले बेदौरीमा समेत २६, २७गतेदेखि अभियान शुरु गर्ने बताए । ‘हामीले बेलौरीमा थप प्रभावकारी अभियान संचालन गछौँ, ‘उनले भने, ‘त्यसका लागि तयारी भईरहेको छ ।’

अभियानले कञ्चनपुर पार्टीको आन्तरिक सुदृढिकरण एव जिल्लाका मुलभुत समस्या अध्ययन गरेर नयाँ रुपरेखा तयार गरेर समग्र जिल्लालाई उचाईमा पु¥याउने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुस