मदन दमाई

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९बागफाँटा स्थित लक्ष्मी माध्यामिक विद्यालयले संस्थापक प्रद्यानाध्यापक स्व.सुरेन्द्र प्रशाद जोशीलाई मरणोपरान्त सम्मान गरेको छ । विद्यालयले ४०औँ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका संस्थापक प्रअ स्व.सुरेन्द्रलाई मरणोपरान्त सम्मान गरेको हो । विद्यालयको बृद्धि विकासमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै संस्थापक प्रअ जोशीलाई मरणोपरान्त सम्मान गरिएको विद्यालयका प्रद्यानाध्यापक सम्मान गरिएको बताए । प्रअ नाथका अनुसार सस्थापक स्व. प्रअ जोशीले ०३९ बैशाख १०देखि ०४० कार्तिक १५सम्म प्रअ भएर विद्यालय चलाएका थिए ।सहायक प्रअ प्रेम प्रकास जोशीलाई सेवाकालिन सहित विद्यालयले स्व. संस्थापक प्रअ जोशी सहित विद्यालयको बृद्धि विकासमा भूमिका निर्वाह गरेका दर्जनौँ व्यक्तित्वलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुस