प्रदिप राना

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि रुट संचालन भएको छ । बेलडाँडी गाँउपालिका ५ ईमलिया हुँदै निकुञ्ज प्रवेृसका लागि रुट संचालन भएको हो । संघीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण गरेको छ ।

बुधबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले एक कार्यक्रमका विच सो रुटको उद्घाटन गरेका छन । सो रुट उद्घाटन गर्दै मुख्यमन्त्री शाहले दक्षिणी भएर निकुञ्ज प्रवेसका लागि सहज हुने बताए ।

विकास र सम्बृद्धिको आधार पर्यटन मानेको बताउँदै मुख्यन्त्री शाहले प्रदेश सरकारले सो रुट संचालनका लागि आवश्यक पूर्वाधार स्तर बृद्धि गर्ने बताए । सुप प्रदेशका पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेरगरेका छन ।

मुख्यमन्त्री शाहले निजी क्षेत्र सरकारसंगसंगै अघि बढ्नुपर्नेमा जोडदिए । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेसका लागि ट्याक खोल्नेदेखि चौधर नदीमा पुल निर्माण गरिएको बताए । गाँउप्रमुख रानाले बेलडाँडी गाँउपालिका ५ ईमलिया चौधर नदीमा काठको पुल निर्माण गरिएको र हालसम्म झण्डै डेढ किलोमिटर ट्याक खोलिएको बताए ।

‘हामीले २२ मिटरको काटे पुल निर्माण गरिसकेका छौँ, ‘उनले भने, ‘संगसंगै ट्याक खोल्ने, विचका नालामा ह्युपपाईप बिछाउने काम अघि बढाएका छौँ ।’ अहिले काठे पुल निर्माणसंगै चौधर नदीमा पुक्की पुलको समेत ठेक्का परेकाले स्थायी रुपमा पक्की पुलबाटै आवत जावत गरिने छ ।

‘यहाँ पक्की पुलको समेत ठेक्का भएको छ, ‘गाँउपालिका प्रमुख रानाले भने, ‘पक्की पुल निर्माण नहुँदासम्म अस्थायी रुपमा हामीले काठकै पुल निर्माण गरेर निुकञ्ज प्रवेसका लागि रुट बनाएका छौँ ।’ निकुञ्ज अवलोकनका लागि हाल भीमदत्त नगरपालिका १६ मझगाँउ बाट मात्रै रुट रहेको र अहिले बेलडाँडीदेखि समेत रुट निर्माण भईरहेको छ ।

यस अघि ०७५ साल माघ पहिलो साता वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत र पुर्व खानेपानीमन्त्री एव तत्तकालिन क्षेत्र १की संसद बिना मगरले बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागिद्वारा शिलान्यास गरेका थिए । स्थानीयको माग अनुरुप निकुञ्ज विभागले बेलडाँडी भएर रुट संचालनका लागि अनुमती दिएको थियो ।

बेलडाँडीका स्थानीय समेत रहेका तत्तकालिन उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुन(अनन्त)का प्रेस सल्लाहकार रोशन खडका, कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर सहितका सरोकारवालाले बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि रुट संचालनको पहल गर्दै आएका थिए ।

बेलडाँडीदेखि रुट निर्माण भएर प्रशासनिक रुपमा निकुञ्ज प्रवेसका लागि कामकाज अघि बढेसंगै दक्षिणी क्षेत्र मात्र नभई भारतीयदेखि अन्य क्षेत्रका पर्यटकलाई थप सहज हुनेदेखिन्छ । धनगढी विमानस्थलबाट दक्षिणी हुलाकी राजमार्ग भएर झण्डै ६५किलोमिटर दुरीमा रहेको बेलडाँडीदेखि निकुञ्ज छोटो दुरीमा रहेको हुँदा दक्षिणी प्रवेसद्वारबाट समेत पर्यटकको आवतजावत हुने छ ।

बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि रुट संचालनमा आएसंगै यस क्षेत्रको पर्यापर्यटनमा समेत प्रर्बद्धन हुने अपेक्षा गरिएको छ । बुधबार प्रदेश सरकारका मुख्यमन्त्री, स्थानीय जनप्रतिनिधी सहितका सरोकारवाला निकायले सो रुटको उद्घाटनसंगै निकुञ्जको फाँटा हुँदै मुलद्वार भएर आएका थिए ।

दक्षिणी रुट संचालनका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अब निकुञ्ज अवलोकनका लागि बेलडाँडीमै टिकट काटिने जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोर मेहताले अब रुट संचालन भएसंगै बेलडाँडीमै टिकट काटेर निकुञ्ज प्रवेसका लागि गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुस