कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेगमा रहेको एक सामुदायिक विद्यालयले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरको नवदुर्गा कालिका आधारभूत विद्यालयले रजत जयन्ती तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालयले बिहीबार एक कार्यक्रमका विच २५ औँ बर्ष प्रंवेस गरेको अवसरमा रजत दिवस मनाएको छ । कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक नर बहादुर धामीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन ।

बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रअ धामीले विद्यालयको भौतिक अवस्था अझैपनि नाजुक रहेको भन्दै सरकारी निकायको ध्यानाकर्षण गराए । प्रअ धामीले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि भईरहेको थप बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रममा विद्यालयको बृद्धि विकासमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने महानुभावलाई सम्मान गरिएको छ । विद्यालयको स्थापनाका लागि जमिन उपलब्ध गराउने समाजसेवी मानसिह बोहरा, धौले जोशीलाई प्रमाण पत्रका साथै सम्मान गरिएको छ । यस्तै विद्यालय स्थापनाका बेला सहयोग पु¥याएका तत्तकालिन विद्यालय स्रोत व्यक्ति हरिराज विष्टलाई समेत सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला ओढाउनुका साथै प्रमाण पत्र दिएर सम्मान गरिएको छ । कार्यक्रममा सुदूरपश्चिमको विवित लोक संस्कृति झल्किने नृत्य पं्रस्तुत गरिएका थिए । विभिन्न विद्याका उत्कृष्ठ विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा सोही वडा भीमदत्त नगर ३का वडाध्यक्ष गगन धामीले विद्यालयको बृद्धि विकासका लागि वडाबाट सक्दो पहल गरिने बताए । कार्यक्तमका बिशिष्ठ अथिति भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विद्यालयको बृद्धि विकासका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका निर्वतमान पुर्व आर्थिक मन्त्री एव प्रदेश सभा सदस्य प्रकास बहादुर रावलले थप विद्यालयको भौतिक बृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने आशवासन दिनुभयो । यस अघि पनि मन्त्री रावलले विद्यालयको भवन निर्माणदेखि विद्यालयको बृद्धि विकासमा सहयोग गरेका थिए । विद्यालयले पुर्व मन्त्री रावल सहितका विद्यालयको बृद्धि विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने निकाय कार्यालयप्रति आभार प्रकट गरेको छ । सहायक प्रअ द्रोपती भट्टले स्वागत मन्तव्य गरेको कार्यक्तमको संचालन प्रअ नर बहादुर धामीले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी नागरिक समाज, अभिभावक विद्यार्थी सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस