कञ्चनपुर । मुलुक आर्थिक संकटको चपेटामा परेको छ । कोराना महामारीपछि महङगी, भ्रष्टाचार, अनियमितताले मुलुक आर्थिक संकटको चपेटामा परेको हो । अहिले सरकारलाई आर्थिक संकटबाट मुक्त हुन धौउधौउ परिरहेको छ । तर केही सरकारी कर्मचारी भने कार्यालयका सवारी साधन घुमघामदेखि घरसायी कामकाजका लागि दुरुपयोग गर्दै आएका छन ।

शनिबार सार्वजनिक विदाका दिन समेत घरसायी काम घुमघामका लागि केही कर्मचारीले सरकारी सवारी साधन दुरुपयोग गर्दा समेत सम्बन्धीत निकाय बेखबर देखिएको छ । शक्तिमा गएपछि जे पनि गर्नुपर्छ भन्दै सरकारी सवारी साधन घुमघामदेखि घरसायी कामकाजका लागि ल्याइएको पाईएको छ ।

शनिबार(२०फागुन)का दिन पुर्व पश्चिम राजमार्ग अन्र्तरगत कर्णाली प्रदेशमा दर्ता भएको एक सरकारी मोटरसाईकल कञ्चनपुरमा दुरुपयोग भएको पाईएको हो । कृष्णपुर नगरपालिका २ वाणिदेखि गुलरिया सडकखण्डमा कर्णाली प्रदेश, ०२०११ब०२८५नम्बरको सरकारी मोटरसाईकल तिव्र गतिमा गुडिरहेको थियो ।

दुई जना युवक सवार उक्त मोटरसाईकल सार्वजनिक विदाका दिन किन ? चलाएको भन्दै कञ्चनपुरका पत्रकारले फोटो खिचेपछि गुलरिया जंगलमा सार्वजनिक सवारी साधन रोकेर फोटो र भिडियो डिलिट गर्न धम्की दिए । उनीहरुले आफुहरु ईन्जिनियर र प्रहरीको सई हुँ किन खिच्नुभयो, फोटो र भिडियो डिलिट गर्नुहोस भन्दै धम्क्याउन थाले ।

अख्तियार दुरुपयोगको अनुसन्धान आयोगको प्रतिवेदन अनुरुप अधिकाँस ईन्जिनियर प्राविधिक कर्मचारी भ्रष्टाचार मुछिएको थुप्रै तथ्य बाहिर आएका बेला आफुलाई ईन्जिनियर बताउने ति कर्मचारीले ईन्जिनियर हुँ भन्दै धम्क्याउन केन्द्रीत भए ।

उक्त सार्वजनिक सवारी साधनमा सवार पत्रकारले हामीहरु पत्रकार हौँ, सार्वजनिक विदाका दिन किन सरकारी साधन चलाईरहेको र पा खै भन्दा बहिनीको विवाहमा आएका हौँ, भनेर उल्टै दुरुपयोग गरेको पुष्टी गरिदिएन ।

शुरुमै आक्र्रमकशैलीमा ईन्जिनियर र प्रहरीको सई भन्दै धम्की दिएका दुवै जनाले पछि विवाहमा आएको भन्दै खुलासा गरेपछि सो सरकारी सवारी साधन दुरुपयोग मात्रै होईन चरम दुरुपयोग भएको आफैबाट खुलासा गरे । जबकी सरकारले सवारी साधन कुनै कर्मचारीलाई घुम्न विवाहमा जानदेखि विदाका दिन चलाउन रोक ।

विदाका दिन चलाएपनि सम्बन्धीत प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत लिनुपर्छ । यदी उक्त सवारी साधनको कुनै सर्वसाधारण मानिसले फोटो वा भिडियो खिचेको भए उनीहरुले प्रहरी र ईन्जिनियरको धम्की दिदै कुटपिटदेखि अनेकन हतकण्डामा उत्रिने उनीहरुको व्यवहारले देखाएको थियो , तर पत्रकारले खिच्दा समेत फोटो डिलिट गर्न दवाव दिन पुगे ।

विनम्र भएर होईन त्यो पनि गुण्डाशैलीमा सवारी साधन रोकेर र जंगीशैलीमा डिलिट गर्न धम्की दिए । यदी मानौ त्यो फोटो कुनै सर्वसाधारणले खिचेको भए के हुनेथियो, कल्पना गर्नुहोस । कुनैपनि सेवामा कार्यरत मानिस अनेकन समाजिक परिबन्धमा हुन्छ, तर उनीहरुले पदको धम्की नदिएको बिनम्र तरिकाले फोटो र भिडियो बनाउनुभयो ?

किन तपाईहरु को हौँ, भनेर सोधपुछको साटो उल्टै ईन्जिनियर र प्रहरी हुँदै भन्दै धम्काउने मनोगत प्रवृतिले उनीहरुले एकातिर सवारी साधन दुरुपयोग गरेको र अर्कातिर अझैपनि प्रहरी र सरकारी कर्मचारी जनता धम्क्याउन उद्यत रहेको उजागर गराईदिएको छ ।

यसरी सबै मात्रै होईन अधिकाँस बहुसंख्यक सरकारी कर्मचारीले सवारी साधन दुरुपयोग गरे सुशासन मात्रै होईन भ्रष्टाचार मौलाउने देखिन्छ । अधिकार दुरुपयोग गर्नुपनि भ्रष्टाचार हो, तर उनीहरु जस्तै अन्य तर्फपनि हुने सरकारी साधनको दुरुपयोगले एकातिर राज्यको सम्पत्ती दोहन अर्कातिर सरकारी कर्मचारीले सवारी साधनको जे गर्दा जसरी दुरुपयोग गर्दा पनि हुने घामजस्तै छर्पष्टै उदाहरण हो । सरकारी सार्वजनिक सवारी साधन दुरुपयोग रोक्न नसक्दा स्थानीय, प्रदेश र संघीय सरकारको नागरिक स्तरबाट आलोचना बढिरहेको छ ।

प्रतिक्रिया दिनुस