कञ्चनपुर । पुर्व खानेपानीमन्त्री बिना मगरले कैलाली र कञ्चनपुर भूमिको रक्षाका लागि राना थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन । बेलौरीमा आयोजित राना थारु भलमन्सा पधना समितिले आयोजना गरेको होली कार्यक्रमको सम्बोधन गर्दै पुर्वमन्त्री मगरले कैलाली कञ्चनपुरको ईतिहासलाई हेर्दा राना थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन ।

राना थारु समुदायको परम्परागत पोषाक पहिरन लगाएर पुर्वमन्त्री मगरले राना थारु समुदाय संस्कृतिका धनी समेत रहेको बताएकी छिन । नेकपा माओवादी नेतृ समेत रहेकी मगरले रानाथारु समुदायको हक अधिकार, पहिचान, भाषा सुचिकृतदेखिका थुप्रै राजनीतिक समाजिक हक अधिकारका लागि पाटीका तर्फबाट पहल गरिएको बताईन ।

लामो समयदेखि रानाथारुको सुचिकृतको मुद्दा सविधान सभा सदस्य पुरन रानाले पनि उठाउँदै आएको उनले बताईन । माओवादी नेत्रृ मगरले पाटीकै नेतृत्वमा सरकार बनेकाले क्षेत्रको सम्बृद्धिका लागि आवश्यक पहल गरिने बताए । क्षेत्रको विकासका लागि सबै राजनीतिक दल नेतृत्व एक ठाँउमा आएर अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।

मगरले बेलौरी नाका भन्सार स्तरोन्नती बृद्धिका लागि पहल गर्दै आएको र थप पहल गर्ने प्रतिबद्धता जाहेर गरिन । पुर्वमन्त्री मगरले तीन बर्ष अघि आफु र पुर्ववनमन्त्री शक्ति बस्नेतले शिलान्यास गरेको निकुञ्ज प्रवेसका लागि शुरुवात गरिएको योजना कार्यान्वयमा आएको भन्दै खुसी व्यक्त गरिन् ।

पुर्वमन्त्री मगरले समग्र दक्षिणी क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जाहेर गरिन । उक्त मञ्चमा ०६४ मा माओवादी केन्द्रबाट निर्वाचित नेता पुरन रानाथारु र माओवादी नेतृत्व पुर्वमन्त्री मगर सहित लामो समयपछि एकै मञ्चमा देखिएका थिए ।

दोस्रो जनआन्दोलन यता उक्त दक्षिणी क्षेत्रबाट ०६४सालमा पहिलो पटक माओवादीबाट पुरन राना र दोस्रो पटक ०७४मा बिना मगरले निर्वाचत जितेका थिए । मगर माओवादीकै र राना अहिले नेकपा विप्लवमा छन । ०७५सालतिर माओवादीबाट विप्लव प्रवेस गरेका पुर्व संसद र माओवादी नेतृ एव पुर्वमन्त्री मगर दुवैविच झण्डै ५ बर्षमा एकै मञ्चमा भेट भएको नेताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुस