कञ्चनपुर । आर्थिक अभावमा कञ्चनपुरको भीमदत्त नगरकी एक महिला मृत्युको मुखमा पुगेकी छिन । भीमदत्त नगरपालिका ७ हल्दुखालका ५२ बर्षिया सकुन्तला जोशी मृत्युको मुखमा पुगेकी हुन । ९ महिनादेखि घाँटीको क्यान्सर रोगसंग लडिरहेकी जोशी पैशा अभावमा उपचारमा समस्या भएको छ ।

भएको १८÷२० लाख रुपैया उपचारमा खर्चिदा समेत निको नभएपछि जोशी परिवार समस्यामा परेको छ । नेपाली अस्पतालमा निको नभएपछि उनको उपचार भारतको राममूर्ति अस्पतालमा उपचार भईरहेको छ । रेडियो राष्ट्रियका पत्रकार समेत रहेका जोशीका छोरा कैलाश जोशीले उपचारका भएको पैशा सकिएपछि आर्थिक सहयोगको आब्हान गरेको बताए ।

‘आमा समान्य बिरामी हुँदा स्थानीय अस्पतालबाट उपचार गर्दै आएका थियौँ, ‘उनले भने, ‘घाँटीमा जटिल समस्या देखिएपछि नेपालकै मन्त्र अस्पतालमा देखाएका हौँ, त्यहाँ पनि निको नभएपछि बाध्य भएर उपचार गराउन भारत लगे ।’ हरेक किमो गर्दा ८०देखि ९० हजार रुपैया लाग्दै आएको उनले बताए ।

अहिले घरमै राखिएको छ । चौथो स्टेजमा पुगेको क्यान्सर समयमै उपचार हुन नसकेपछि ज्यानमै खतरा उत्पन्न हुने चिकित्सकले सुझाव दिएपनि जोशी परिवारले उपचारका लागि पैशा जुटाउन नसकेपछि अस्पताल लैजान सकेका छैनन ।

आर्थिक सहयोगका लागि पालिका सहितका सरकारी निकायमा जाँदा कतैबाट सहयोग नपाईएको जोशीको दुखेसो छ । ‘चुनावका बेला रातदिन घरमा आउने नेता जनप्रतिनिधी चुनाव जितेपछि आफुहरुको परिवारमा यत्रो बज्रपात हुँदा समेत कुनै वास्ता राखेका छैनन, ‘उनले भने, ‘जनतामाथि यत्रो स्वास्थ्य संकट आउँदा समेत जनप्रतिनिधीलाई वास्ता नै छैन, न स्वदेशमा सुविधायुक्त अस्पताल बनाउन सकेका छन, न सहयोग गर्छन ।’

महिलाको अधिकारका क्षेत्रमा ठुलठुला चर्का भाषणबाजी गर्ने कुनैपनि अधिकारकर्मी एव महिला समुहले समेत साथ नदिएको उनको दुखेसो छ । आफ्नै साथीभाई, सहकर्मीले स्वदेश तथा विदेशबाट झण्डै डेढ लाख सहयोग आएको बताए । भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले बिरामी जोशीको अवस्था अनुरुप पालिकाबाट सक्दो उपचारमा सहयोग गर्ने बताईन ।

जोशी परिवारले सक्दो मानविय सेवाका लागि बैक र ई सेवा मार्फत सहयोगको अपिल गरेका छन । बिरामी सकुन्तला जोशीको ज्योति विकास बैंक महेन्द्रनगर शाखामा ०७३०१३००३८१२२९०००००२ र ईसेवा ९८०६४४२११२मा सक्दो सहयोगको अपिल गरेका छन ।

प्रतिक्रिया दिनुस