कञ्चनपुर । प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पुर्व माओवादी नेता लेखराज भट्ट(राकेश)को निवासमा पुगेका छन ।

आइतबार सुप विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा लागि प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने क्रममा कैलालीको अत्तरिया स्थ्ति लेखराज भट्टको घरमा पुगेका हुन ।

धनगढी एयरपोटबाट प्रधानमन्त्री लेखराज भट्टको निवासमा पुग्दा पुर्वमन्त्री समेत रहेका लेखराज भट्ट, उनका भाई गोकर्ण भट्ट, धर्मपन्ती सहितले स्वागत गरेका थिए ।

विगतका बर्षहरु झै यस पटक प्रचण्ड र लेखराज विच भएको भेटघाटले राजनीतिक वृतमा अर्थ राखेको छ । शुरुवातमा आँगनमा स्वागत पछि प्रचण्ड र लेखराजविच वान टु वान वार्ता भएको छ ।

वार्ता के विषयमा भएको बारे आधिकारिक बाहिर आएको छैन । जनयुद्धकालमा सुदूरपश्चिमकै कमाण्डर भएर काम गरेका लेखराज नेकपा एमाले र माओवादी एकीकरण हुँदा ओलीतिरै लागेका थिए ।

त्यसयता प्रधानमन्त्री एव माओवादी अध्यक्ष प्रचण्ड र लेखराज विच भेट भएको थिए । एमाले केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका नेता लेखराज भट्टले पुर्ववत सहकर्मी प्रचण्डलाई आफ्नै निवासमा स्वागत गरेको यो राजनीतिक परिघटनाले महत्व राखेको एमाले–माओवादी नेताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुस