कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका तीन सेवा निवृत शिक्षकलाई सम्मान गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल शिक्षक सघले बेलडाँडीका तीन पुर्व शिक्षकलाई सम्मान गरेको हो । शनिबार बेलडाँडीमा नेपाल शिक्षक संघले ३४औँ स्थापना दिवस मनाउँदै तीन शिक्षकलाई सम्मान गरेको हो । सामुदायिक विद्यालयका पुर्व शिक्षक त्रय ईन्द्र दत्त भट्ट, धनसिह कार्की, र बासुदेव ओझालाई सम्मान गरिएको छ ।

नेपाल शिक्षक सघले बेलडाँडीका अध्यक्ष दिल बहादुृर सिहले लामो समयदेखि शिक्षण पेशामा रहेर शिक्षा क्षेत्र र संगठनमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको बताए । पुर्व शिक्षक त्रय कार्की,भट्ट र ओझालाई प्रमणा पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथ, प्रमुख हरिसचन्द्र राना सहितले दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुस