कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटा स्थित लक्ष्मी माध्यामिक विद्यालयका अभिभावकले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि राज्यको मात्रै मुख ताक्ने नभई अभिभावकबाट समेत सहयोग गर्ने उद्घोष गरेका छन ।

शुक्रबार विद्यालयले चालु शैक्षिक सत्र ०८०को विद्यालयको बृद्धि विकास बारे अभिभावकसंग गरेको छलफलमा अभिभावकले सामुदायिक विद्यालयको बृद्धि विकास र संचालनका लागि सरकारको मात्रै मुख ताक्ने भन्दा आफ्नै सन्तान पढ्ने विद्यालय सहज संचालनमा आवश्यक सबै सहयोग गर्ने बताएका हुन ।

लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थी संख्याका आधारमा सरकारले दरबन्दी नदिएको, स्थानीय भीमदत्त नगरपालिका सरकारले दरबन्दी अनुरुप शिक्षक नखटाएकोले शिक्षक जनशक्ति अभावका कारण पठनपाठनमा समस्या भईरहेको अभिभावकसंग अनुरोध गर्दा अभिभावकले निजी स्तरबाटै शिक्षक भर्ना गरेरै भएपनि विद्यालयको गुणस्तर बृद्धिमा आफ्नो तर्फबाट आवश्यक आर्थिकदेखि नैतिक सबै सहयोग गर्ने घोषणा गरेका हुन ।

प्रअ नाथले अभिभावकसंग विद्यालयमा भएको मावि समाजिक विषयको दरबन्दीमा भीमदत्त नगरपालिकाले दुई बर्षदेखि शिक्षक नखटाई अन्यत्र विद्यालय व्यवस्थापन समितिको सहमती विपरिक शिक्षक अन्यत्र विद्यालय खटाउँदा समेत विद्यार्थीको पठ्न पाउने अधिकार समेत कुण्ठित गरेको विषय समेत अभिावकलाई जानकारी गराएका छन ।

प्रअ नाथले बाल विकासमा विगतमा ज्यादै न्यून विद्यार्थी भर्ना हुने गरेपनि चालु ०८० शैक्षिकसत्रमा ७५ विद्यार्थी बालविकासमा मात्रै भर्ना भएको र १देखि १०सम्म हाल साढे ५ सय विद्यार्थी भएको अवस्थानमा बाल विकासदेखि माथिल्लातहसम्म शिक्षक चरम अभाव भएको समस्या समस्या दर्शाए । नगरै अन्य केही विद्यालयमा बाल विकास शिक्षक संख्या बढि तर आफ्नोमा विद्यार्थी बढि शिक्षक दुई मात्रै भएकाले दरबन्दी मिलान गरी बाल विकास शिक्षक पदपूर्ति गरिदिन अनुरोध गरेका छन । माथिल्लो तहमा समेत विद्यार्थी संख्याका आधारमा दरबन्दी अनुरुप शिक्षक खटाउन पालिकादेखि संघीय सरकारसंग अनुरोध गरेका छन ।

प्रअ नाथले अभिभावकसंग विद्यालयमा शिक्षक पदपूर्ति, दरबन्दी अभाव भएको विषयमा जानकारी गराएपछि अभिभावकले आफ्नै सन्तान पढ्ने विद्यालयको बृद्धि विकास र जनशक्ति व्यवस्थापनका लागि आर्थिक, भौतिक र नैतिक सबै सहयोग गर्न तयार रहेको बताएका छन ।

अभिभावक जित पार्कीले देशैभरी सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, विव्यस र अभिभावक अग्रंसर भएको अवस्थामा लक्ष्मी माविमा चालु शैक्षिकसत्रदेखि शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रअ नाथ सहितका शिक्षकले भर्ना अभियान अगावै गाँउभरी अभिभावकसंग शैक्षिक गुणस्तर बृद्धि गर्ने प्रतिबद्धता अनुरुप अधिकाँस अभिभावकले चर्को शुल्क अशुल्ने निजी विद्यालय(बोडिङ्गबाट आफ्ना सन्तान) लक्ष्मीमा भर्ना गराएको बताए । अभिभावक पार्कीले संविधान, शिक्षा ऐन कानुनमा सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनैपनि शुल्क नलिन व्यवस्था गरेपनि त्यस अनुरुप सरकारले शिक्षक पदपूर्ति नगर्दा साथै विद्युत, शौचालय सरसफाई, खानेपानी, फर्निचर मर्मत, अतिरिक्त कृयाकलाप आदि विवित कार्यका लागि रकम नदिने भएकाले उक्त सामुदायिक विद्यालयका समस्या बारे जानकार भएको बताउँदै स्वैच्छिक रुपमा विद्यालयलाई आर्थिक सहयोग गर्न तयार भएको बताए । ‘हामी हाम्रो सन्तानका लागि सामुदायिक विद्यालयमा करकाप होईन सक्दो गक्ष अनुरुप आर्थिक सहयोग गछौँ, ‘उनले भने, ‘हाम्रै सन्तानको भविष्यका लागि हामीले फजुल खर्च गर्ने रकम मध्ये सानो रकम विद्यालयलाई दिन्छौँ, यसमा बोडिङ्ग स्कुलको के टाउको दुखाई भयो ?’

अर्की अभिभावक समेत रहेका विद्यालयका सल्लाहकार एव भीमदत्त नगरपालिका कार्यपालिका सदस्य समेत रहेकी बसन्ती जोशीले सामुदायिक विद्यालयका बृद्धि विकासका आफ्नो तर्फ र सबै अभिभावक सहयोगका लागि तयार भएको बताईन । ‘यो समाजको सामुदायिक विद्यालय बनाउन हामी सबैको लगानी छ, ‘उनले भने, ‘मेरो निजी कुरा गर्दा मेरा तीनै नाती बोडिङ्ग पठाउने क्षमता हुँदाहुँदै हामीले समुदाय विद्यालय बृद्धि विकासका लागि सक्दो सहयोग गछौँ ।’

कार्यपालिका सदस्य समेत रहेकी जोशीले विद्यालयमा दरबन्दी अनुरुप शिक्षक पदपूर्तिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले ग्रामिण भेगको सामुदायिक विद्यालय नमुना बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अभिभावकले विद्यालयको बृद्धि विकासका लागि आर्थिक सहयोग गर्ने लिखित हस्ताक्षर गर्दै शिक्षकसंग ढुक्क भएर विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्न सुझाव दिएका छन । अभिभावक भेलाको अध्यक्षता समेत ग्रहण गरेका शिक्षक अभिभावक संघका अध्यक्ष गणेश चन्दले सामुदायिक विद्यालयको बृद्धि विकासका अवरोध गर्ने जुनसुकै तत्वलाई तह लगाउन हामी सबै अभिभावक अग्रसर हुने बताउँदै शिक्षक सबैले मार्यादित भएर विद्यार्थीको भविष्यमा खटिन आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस