कञ्चनपुर । कञ्चनपुरका सामुदायिक वनकर्मीका लागि वित्तिय अनुपालन तालिम संचालन गरिएको छ । सामुदायिक वन समन्वय समितिले सामुदायिक वनकर्मीका लागि वित्तिय अनुपालन तालिम संचालन गरेको हो ।

तराई भु परिधी कार्यक्रमको सहयोगमा बुधबारदेखि ‘लैङ्गिक समानता र समाजिक समावेशिकरणको प्रर्बद्धन,सुदृढीकरण लेखा तथा वित्तिय अनुपालन तालिम संचालन गरिएको छ ।

बुधबार एक कार्यक्रमका विच तालिम उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सभा निर्वतमान सदस्य महेश दत्त जोशीले तालिममा सिकेका विषयबस्तु दिगो वन विकास, व्यवस्थापनका लागि लागु गर्नुपर्नेमा जोडदिएका छन । सामुदायिक वनको आयव्ययदेखिका सबै हरहिसाब चुस्त दुरुस्त राख्नका लागि केही लेखा, वित्तिय सम्बन्धी सैद्धान्तिक ज्ञान आवश्यक भएको बताए ।

वाणि सव डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अमर सिह धामीले तालिमका सिकिएका विषयबस्तुलाई सामुदायिक वनमा पारदर्शी ढङगबाट कामकाज गर्नुपर्नेमा जोडदिएका छन । सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त अवस्थीले कैलाली, कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा सामुदायिक वनका कार्यालय सचिव, लेखापाल एव अध्यक्षताका लागि उक्त तालिम संचालन गरिएको छ । सामुदायिक वनमा लेखा प्रशासन चुस्तदुरुस्त एव पारदर्शी बनाउने उदेश्यका साथ तालिम संचालन गरिएको छ । सामुदायिक वन समन्वय समितिका सचिव नरेश भट्टले चारदिनसम्म संचालन हुने तालिममा लेखा सहितका विवित प्रशासनिक विषयबस्तु बारे प्रशिक्षण गरिनेछ । तालिम शनिबारसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुस