कञ्चनपुर । कञ्चनपुरका सरोकारवालाले बन हेरालुको पेशागत हक अधिकारका लागि जोडदिएका छन । बुधबार कृष्णपुर नगरपालिका २ वाणिमा आयोजित वन हेरालु अभिमुखिकरण भेलामा सरोकारवालाले बन हेरालुको पेशागत हक अधिकारका लागि जोडदिएका हुन ।

सामुदायिक वन समन्वय समितिले वन हेरालुका समस्या एव उनीहरुको अधिकार विषयक निर्माण गरेको कार्यबिधीबारे वन हेरालु, सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधी, वनका अधिकारी सहितका सरोकावाला पक्षसंग गरेको कार्यक्रममा सरोकारवालाले बन हेरालुको वन, बन्यजन्तु, पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेको बताएका छन ।

वन तस्कर, बन्यजन्तु शिकारीदेखि अन्य सानादेखि ठुला जनावरसंग प्रत्यक्ष सरक्षण गरेर वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बन हेरालुको समाजिक सुरक्षा आवश्यक रहेको बताएका हुन । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले सामुदायिक वन संरक्षणका लागि वन हेरालुको महत्वपूर्ण भूमिका भएको बताए ।

‘जहाँ राम्रा ईमान्दार वन हेरालु छन, त्यहाँको सामुदायिक वन फस्टाएका छन, ‘उनले भने, ‘सामुदायिक वन संरक्षण, सम्र्बद्धनमा प्रत्यक्ष वन हेरालुको मुख्य भूमिका रहेको पाईन्छ ।’ उनीहरुको आर्थिक, समाजिक सुरक्षा प्रबन्ध गर्नुपर्नेमा जोडदिदै आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका छन ।

सिहपुर सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले वन हेरालुको हक अधिकारका लागि सामुदायिक वनका तर्फबाट आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताए । अध्यक्ष चौधरीले सामुदायिक वन बिना हतियार बन हेरालुकै काँधमा रहेको बताए ।

वन हेरालु खगराज भट्टले बिना हातहतियार एव स्रोत साधन अभावका विच पनि आफुहरुले जिम्मेबारी बहन गरेको बताए । ‘हामीसंग प्रर्याप्त स्रोत साधन छैन, ‘उनले भने, ‘तर पनि हामी वन संरक्षणमा जुटेका छौँ ।’ दिपेन्द्र स्मृति सामुदायिक वनका अध्यक्ष दिपेन्द्र सिह भण्डारीले अरोखत्र खटिने वन हेरालुको हक अधिकार सुनिश्चिता हुनुपर्ने माग अघि सारे ।

सव डिभिजन वन कार्यालय वाणिका प्रमुख अमर सिह धामीले वन हेरालु अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप रेन्जर स्तरको भएको बताउँदै सेवा सुविधामा जोडदिए । कृष्णपुर नगरका मेयर हेमराज ओझाले वन हेरालुको हक अधिकारका लागि पालिकाका तर्फबाटआवश्यक समन्वय गर्ने बताए ।

‘सामुदायिक वन संरक्षणका क्षेत्रमा खटिने वन हेरालुलाई राहत एव बिमा सहितका कार्यक्तममा समावेस गर्नुपर्छ, ‘उनले भने, ‘जोखिम मोलेर काम गर्नेलाई जुनसुकै निकायबाट समेत सुविधा दिनुपर्छ ।’

अखिल नेपाल ट्रेड यूनियन महासंघ केन्द्रीय उपाध्यक्ष एव सुप प्रदेशका इन्चार्ज नरहरी नाथ योगी(सन्तोष)ले वन हेरालु मजदुरको समाजिक हक अधिकारका लागि संगठनले पहल गर्ने बताए । ‘अन्र्तराष्ट्रिय श्रम मापदण्ड अनुरुप वन हेरालुले समेत न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्छ, ‘उनले भने, ‘त्यसका लागि आवश्यक संगठनले समेत पहल गर्नेछ ।’

सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले वन हेरालुको हक अधिकारका लागि कार्यविधी बनाईएको बताए । ‘सिएफसिसीले वन हेरालुको सेवा सुविधा सहितको विषयमा कार्यविधी बनाएको छ, ‘अध्यक्ष पन्तले भने, ‘अब त्यसका लागि सम्बन्धीत निकायमा पहल गछौँ ।’

कार्यक्रमका बिशिष्ठ अथिति समेत रहेका सुदूरपश्चिम प्रदेश सभा निर्वतमान सदस्य महेश दत्त जोशीले वन हेरालुको हक अधिकारका लागि आफु प्रदेश सभामा हुँदा प्रदेशको वन ऐन बनाईएको बताउँदै उक्त ऐन कार्यान्वयमा ढिलाई भएको बताए । वन हेरालुको आर्थिक, समाजिक हक अधिकारका लागि सम्बन्धीत सामुदायिक वनदेखिका निकाय जिम्मेबार हुनुपर्नेमा जोडदिए ।

कार्यक्तमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल)ले वन हेरालुको हक अधिकारका लागि वन ऐन अध्ययन गरेर अघि बढ्ने बताए । प्रदेश सभा सदस्य सरलले वन संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वन हेरालु थुप्रै चुनौतीका विच काममा खटिएकाले उनीहरुको समाजिक सुरक्षा आवश्यक रहेको बताए ।

वनमै आत्मनिर्भर बन्नका लागि प्रदेश सभामा आफुले नीति कार्यक्रम ल्याउन भूमिका निर्वाह गर्ने बताए । कार्यक्तममा वन हेरालु कलावती गिरी, गोरे बहादुर भुल, रामसिह महरा, झिगरी राना, बोटसिह रानालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सामुदायिक वन समन्वय समितिका सचिव नरेश भट्टले संचालन गरेको कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक वनमा कार्यरत वन हेरालु सहितका सरोकारावालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस