कञ्चनपुर । नेपाली सेनाले कञ्चनपुर स्थित महाकाली नदीमा विपद् उद्दार अभ्यास गरेको छ । सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले शुक्रबार भीमदत्त नगरपालिका १२ ऐरी महाकाली नदीमा विपद् उद्दार अभ्यास गरेको हो । श्रीदल गुल्मका गुल्मपती सेनानी तिर्थ बहादुर श्रेष्ठले आउँदै गरेको बर्षाको समयलाई मध्य नजर गर्दै विपद् पुर्व तयारी, उद्दारका लागि अभ्यास गरिएको बताए । कञ्चनपुर जिल्ला विपद्को उच्च जोखिममा भएकाले सेनाले समेत समयमै आवश्यक तयारीका लागि अभ्यास गरेको बताए । विपद्मा परेका मानिसको कसरी उद्दार गर्नेदेखि अस्पताल पु¥याउनेसम्मका अभ्यास गरिएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले विप्द अवागै सुरक्षा निकायबाट हुने अभ्यासले थप तदारुकता तपारीका साथै आवश्यक काममा उच्च सुरक्षा सर्तकता अपनाईने बताए ।

सेनाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस , निडस, एनएनएडब्लूए, समुदाय सहितका निकाय सहभागि भएका थिए । एनएनएसडब्लूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक प्रभुनिधी पन्तले महाकाली तटिय क्षेत्रका तीन पालिका भीमदत्त, दोधाराचाँदनी र पशुराम नगरपालिकाले विपद् जोखिम न्यूनिकरण तथा जलवायु उत्थानशिल समुदायको निर्माणका लागि सुदृढ परियोजना मार्फत विपद् जोखिम न्यूनिकरण गर्दै आएको बताए । यस अघि सशस्त्र प्रहरीले समेत विपद् पुर्व तयारी अभ्यास गरेको थियो ।

प्रतिक्रिया दिनुस