धनन्यज अवस्थी

कञ्चनपुर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडकखण्ड निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै फेरी स्थानीय आन्दोलित भएका छन । मंगलबार बिहानैदेखि स्थानीयले कलुवापुरमा सडक अवरोध गरेर आन्दोलनमा उत्रिएका हुन ।

यस अघि पनि कलुवापुर–बेलौरीसडकखण्ड कालोपत्रेको माग अघि सारेर कलुवापुर, बन्साह, कालागौडी, बेलौरी क्षेत्रमा पटक पटक आन्दोलन हुँदै आएको थियो । कालागौडी पुलदेखि चाँन्देवसम्म झण्डै ५ किलोमिटर सडकखण्ड निकुञ्जले कालोपत्रे गर्न नदिएको निर्माण व्यवसायीको दुखेसो छ ।

कलुवापुर बजारका व्यवसायी सहितका स्थानीयले ठेकेदारको लार्पबाहीलाई पूर्वाधार विकास कार्यालयबाट ठेगानमा ल्याउन नसकेको भन्दै ठेकेदार र कार्यालयको बिरोध गरिरहेका छन ।

कार्यालयले ठेकेदारलाई काम लगाउन नसकेको भन्दै कार्यालयप्रति समेत स्थानीय आक्र्रोसित भएका छन । कलुवापुरका स्थानीय दान बहादुर बोहराले ठेकेदार कम्पनीले लार्पबाही गर्दा स्थानीय बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । व्यवसायी समेत रहेका बोहराले ठेकेदारले ढिलासुस्ती गर्दा बर्षातमा हिलाम्मे सुख्यायाम र हिउँदमा धुलाम्मे हुँदा समस्या भईरहेको बताए । पूर्वाधार विकास कार्यालयका सव ईन्जिनियर एव उक्त सडकका इन्चार्ज जगदिश भुलले कार्यालयका तर्फबाट ठेकेदारलाई निरन्तर ताकेता गरिएको बताए । ‘हामीले ठेकेदार एव निर्माण कम्पनीका प्रतिनिधीलाई सडक कालोपत्रेका लागि नियमित ताकेदा गर्दै आएका छौँ, ‘उनले भने, ‘तर निर्माण कम्पनीले वेवास्ता गरेको छ, हामीले लिखित मौखिक पत्राचार गर्दा समेत वेवास्ता गरिरहेको छ ।’

उक्त सडक कालोपत्रेका लागि सन्तोषी थेगिमले २० साउन ०७८ मा ठेक्का सम्झौता भई १९ साउन ०८० मा सम्पन्न हुँदा समेत काम पुरा गर्न सकेको छैन । उक्त सडक कालोपत्रे गरेको निर्माण कम्पनीले डेढ बर्षदेखि ६५ लाख रुपैया भुक्तानी लिन बाँकी रहेको छ ।

पूर्वाधार विकास कार्यालयका सुचना अधिकारी हेमराज भट्टले सडक अवरोध हटाउने बताए । स्थानीयले अघि सारेका मागका विषयमा छलफल गरिने बताए । उनका अनुसार ३किलोमिटर सडक डबललेन सहित १०करोड ३५लाख लागतमा निर्माणको ठेक्का पाएको बताए । स्थानीयले काम शुरु नगर्दासम्म आन्दोलन निरन्तर गर्ने चेतावनी छन ।

प्रतिक्रिया दिनुस