कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामीले पाटी परित्याग गरेका छन । काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १का महासधिवेशन प्रतिनिधी धामीले मंगलबार पाटी परित्याग गरेका हुन । धामीले समाजिक सञ्जाल फेसबुक मार्फत वक्त्यव्य दिर्दै पाटी परित्याग गरेका छन ।

साढे तीन दशक भन्दा बढि समय ३८ बर्षदेखि काँग्रेसको राजनीतिक गर्दै आएका धामीले पाटी परित्याग गरेको विषयलाई राजनीतिक रुपमा अर्थपुर्ण रुपमा लिईएको छ ।

बेलडाँडीका स्थानीय समेत रहेका काँग्रेस नेता धामीले स्थानीय एव जिल्ला स्तरमा राजनीतिक तथा समाजिक रुपमा ख्याती कमाएका थिए । १४औँ महाधिवेशनमा काँग्रेस कञ्चनपुरको पाटी जिल्ला सचिवमा पराजित भएका धामी ०७९ बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बेलडाँडी गाँउपालिका अध्यक्षका प्रवल उम्मेदवार थिए ।

धामीले पाटी परित्याग गर्दै यस्तो लेखेका छन । ०४२ सालमा कक्षा १० मा पढदा नेपाली काँग्रेस कञ्चनपुरका नेता स्व गँगादत्त जोशीको घरमा भएको सत्याग्रह बाट प्रभावितभई ०४६ सालको जनआन्दोलनमा सक्रिय पुर्वक लागि हिरासतमा बसेको जनाएका छन ।

नेपाल विद्यार्थी सघको सिद्धनाथ बहुमुखी क्याम्पसको ईकाइ सभापति, जिल्ला सचिव हुँदै क्षेत्रिय सभापति, जिल्ला सदस्य भई हाल काँग्रेसको महाधिवेशन प्रतिनिधिको भुमिकामा उल्लेख गरेका छन ।

२१औँ सताब्दिमा पनि पाटी परम्परागत शैलिमा चलेको,यथास्थिति बादमा अगाडि बढेको,गुटबन्दिको चरम उत्कर्षमा पुगेको,भ्रष्टाचारमा लिप्त भएको,सबल, सक्षम, ईमान्दार, समर्पण,त्याग, योगदान जस्ता कुराको कुनै महत्व नभएको, पद र पैसाको लागि मात्र नेताहरु लागि परेकोले यो पार्टिबाट देश र जनताको जीवन उन्नति प्रगतिहुने नदेखिएको आरोप लगाएका छन ।

सामाजिक रुपान्तरण र समुन्नत समाज निर्माण केवल नारामा मात्र सिमित रहेको, जातीवाद, क्षेत्रियतावाद, चाकरिवादमा पार्टि अल्झिएको, नेता कार्यकर्ता गुटबन्दिका कारण दलदलमा फसेको नया युवालाई पनि दलदलमा फसाउन लागिएकोले आजैका मिति काँग्रेस पार्टिबाट अलग भई स्वतन्त्र नागरिकको हैसियतमा बसेको घोषणा गरेका छन । पार्टिमा रहदा आफुलाई साथ सहयोग र चिन्ता गर्नुहुने सबै साथीहरुको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद दिएका छन । उनले काँग्रेस परित्याग गरेपनि कुनै पाटीमा जाने नजाने विषयमा खासै प्रतिकृया दिएका छैनन ।

प्रतिक्रिया दिनुस