कञ्चनपुर, २४ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले हालै प्रदेश सदस्यमा ३५ जना नेताहरुलाई मनोनित गरेको छ । एमाले सुप प्रदेश कमिटिको बैशाख दोस्रो साता बसेको बैठबाट एमाले सुप प्रदेशले मनोनित गरेका ३५ मध्ये १७ जना कञ्चनपुरबाटै रहेका छन ।

जसमध्ये १० जना पुर्व माओवादीबाट एमाले प्रवेस गरेका नेता सुप प्रदेश सदस्यमा मनोनित भएका छन ।पुर्व माओवादीबाट एमाले प्रवेस गरेका राम बहादुर गुरुङ्ग, मोहन गिरी, कल्पना गिरी, दुर्गा खुना, राधा कडेल, सुरेन्द्र बम, शंकर दत्त जोशी, घाँसीराम राना, लोकेन्द्र ऐरी, नवराज विष्ट रहेका छन ।
माओवादी हुँदा दुर्गा खुना ०७० मा समानुपातिक संविधान सभा सदस्य, मोहन गिरी तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष, ०७०मा क्षेत्र ४बाट टिकट, शुक्लाफाँटा आयोगको अध्यक्ष भएका थिए, कल्पना गिरी ०७४ र ०७९ बेलडाँडी गाँउपालिका उपाध्यक्षकी उम्मेदवार, राधा कडेल ०७४ मा बेलौरी नगर उपप्रमुख उम्मेदवार भएकी थिईन ।
पुर्व माओवादी सहितबाट एमाले सुप प्रदेश सदस्यमा मनोनित भएका नेताहरुले पार्टीले दिएको जिम्मेबार निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।
कञ्चनपुरबाट मनोनित भएका अधिकाँस पुर्व माओवादी मनोनित गरेको भन्दै एमाले संस्थापन पक्षका नेता कार्यकर्ता असन्तुष्ट भएका छन । उनीहरुले पार्टी पुर्व माओवादीकै कब्जा हुने,। उनीहरु हावि हुने भन्दै रुष्ट भएका छन । अब पाटीभित्र पुर्व माओवादी, एमाले वा यो वा त्यो गुट भन्दा पनि सिङ्गो कम्युनिष्टको नेतृत्व गर्ने पाटी एमाले भएकाले जनताका लागि काम गर्ने नेताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुस