कञ्चनपुर ,असार ६ ।  मंगलबार दिउँसो डडेल्धुरादेखि बझाङ जादै गरेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकोबझाङमा भएको गाडी दुर्घटनामा परेर गम्मभीर घाइते भएका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको बझाङमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी  जानकारी दिए ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१(००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको अन्तिम श्रद्धाञ्जलीका लागि धनगडीको कबड हलमा राखिएको छ । श्रद्धाञ्जलीका लागि आफन्त, सर्ब साधारण ,स्थानिय तहका जनप्रतिनिधि ,प्रदेश सभा सदस्य , मन्त्री, विभिन्न पार्टीका कार्यक्रर्ता नेताहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुस