कञ्चनपुर । सीमावर्ती चोरी तस्करी हुने कञ्चनपुर जिल्लामा सशस्त्र प्रहरीले भारतबाट गैर कानुनी रुपमा चोरी तस्करी गरेर नेपाल भित्र्राउन लागेका अवैध समान बरामद गर्दै आएको छ ।

सशस्त्र प्रहरी बलले कञ्चनपुरमा ११ महिनाको अवधिमा ३ करोड भन्दा बढि मुल्यका भन्सार छलीका समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरीको तथ्याङ्ग अनुसार चालु आर्थिक बर्ष ०७९÷०८०को जेठ मसान्तसम्ममा ३ करोड भन्दा बढि मुल्य पर्ने अवैध समान बरामद गरेर भन्सार बुझाईएको छ ।

चालु आर्थिक बर्षको अन्तिम असार महिलाको पहिलो सातासम्ममा ३२ लाख बराबरका अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेक्वा शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले गण र गणमातहत रहेका प्रस्तावित गुल्म एव बोर्डर आवट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भन्सार नकोटेरै नेपाल भित्रिएका व्यवसायिक समान बरामद गरेर भन्सार बुझाईएको बताए ।

उनका अनुसार भारतबाट गैर कानुनी रुपमा तस्कर समुहले किराना, खाद्यान्न, सवारी साधन, कपडा, हार्डवेयरका समान सहित प्रतिबन्धित कुखुरा, अण्डा सहितका व्यवसायिक समान बरामद गर्दै कैलाली, कञ्चनपुरका भन्सार कार्यालयमा बुझाईएको छ । आगामी दिनमा समेत भन्सार चोरीछलीमा सशस्त्र प्रहरीले सुन्य सहनशिता नीति अनुरुप गैर कानुनी गतिबिधी नियन्त्रण गर्ने जनाएको छ ।

सशस्त्र प्रहरीले भन्सार राजस्व चुहावट रोकथामका लागि प्रभावकारी काम गरेको भन्दै्र प्रसंसा हुन्दै थप भन्सार चोरी तस्करीमा कडाई गर्नुपर्ने स्थानीयको सुझाव छ ।

भन्सार कार्यालयले समेत भन्सार चोरी पैठारीमा सशस्त्र प्रहरीले समेत सकारात्मक भूमिका निर्वाह गरेको जनाईएको छ ।

साईकल, मोटरसाईकलदेखि ठुलठुला सवारी साधनमा खुलेयाम तस्कर समुहले भारतबाट यसरी भन्सार छलेर समान ल्याउने प्रवृतिले राजस्व लक्ष्य समेत पुरा हुन नसकेको छैन ।

भन्सार कार्यालय कञ्चनपुरका प्रमुख धुव्र विश्वकर्माले चालु आर्थिक बर्ष ११ महिनाको अवधिमा ५४ करोड ९० लाख राजस्व संकलन गर्ने लक्ष्य भएपनि ३८ करोड ७६ लाख रुपैँया मात्रै संकलन भएको बताए । ठुला तस्करमाथि निर्मम भएर कार्बाही गर्नुपर्ने सीमावर्ती क्षेत्रका स्थानीय जनताको माग छ ।

प्रतिक्रिया दिनुस