कञ्चनपुर । सुदूरपश्चिम प्रदेश खेलकुद जगतको उर्बराभूमि कञ्चनपुरमा बहुउपयोग कभर्डहल बन्ने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा बहुउपयोग कभर्डहल बन्ने भएको हो । प्रदेश सरकार समाजिक विकास मन्त्रालयले विवित खेलकुदका विधा सहितको भवन निर्माण गर्न लागेको छ ।

बिहीबार एक कार्यक्रमका विच समाजिक विकास मन्त्री झपट बहादुर साउदले कर्भडहलको शिलान्यास गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन । समाजिक विकासमन्त्री साउदले समयमै गुणस्तरिय काम गर्न समेत निर्माण व्यवसायीलाई निर्देशन दिएका छन ।

मन्त्री साउदले प्रदेशको खेलकुद विकासका लागि मन्त्रालयले गर्ने आवश्यक सबै जिम्मेबारी निर्वाह गर्ने समेत बचन दिएका छन । कार्यक्रममा तत्तकालिन आर्थिक मामिलामन्त्री समेत रहेका प्रदेश सभा सदस्य प्रकास रावलले समेत जिल्लाको खेलुकद विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कर्तव्य निर्वाहमा जोडदिए ।

यस्तै तत्तकालिन समाजिक विकासमन्त्री लाल बहादुर खडकाले समेत राष्ट्र चिनाउने खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताए । कञ्चनपुर खेलुकद समितिका उपाध्यक्ष कैलालचन्द्र गिरीले बहुपयोगी कर्भडहल निर्माण भएसंगै ईनडोर आउटडोरका प्रतियोगिता संचालनदेखि खेलाडीलाई अभ्यास गर्न समस्या नहुने बताए ।

‘अहिले पनि विद्यमान हल छन, ‘उनले भने, ‘ति अपुग छन, अहिले बन्ने भवनबाट खेलाडीलाई थप लाभ हुनेछ ।’ उपाध्यक्ष गिरीले प्यारासुट सहितको रंगशाला नै बन्ने भएकाले कञ्चनपुरमा खेलकुदका पूर्वाधार विस्तारले खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

उपाध्यक्ष गिरीले उक्त कर्भडहल निर्माणका लागि बैजनाथ कन्टुर भेजी धनगढीले समाजिक विकास मन्त्रालयविच १३ करोड, ३ लाख २८ हजार, १९रुपैया बजेटमा निर्माण गर्ने सम्झौता भएको बताए । निर्माण कम्पनी र मन्त्रालयविचमा ४ असार ०८०मा सम्झौता भई ३असार ०८३मा भवन सहितका संरचना निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको छ ।

निर्माण व्यवसायी शुनिक कुँवरले समयमै बजेट पाए बर्षदिनभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका छन । शिलान्यास कार्यक्रममा सुदूरपश्चिम खेलकुद समितिका सदस्य सचिव दिपक सिह, सदस्य झलक शाह, कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खडका, जिल्लाका कार्यालय प्रमुख गोपाल दत्त भट्ट खेलाडी सहितका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस