विश्वका विभिन्न मुलुकमा बस्ने हिन्दु धर्ममा आस्था राख्नेहरुका निमित्त दूर्वाष्टमी व्रत अखण्ड सौभाग्य एवं पति र पुत्रको दीर्घायुको कामनाले गरिने व्रत पर्व हो ।

त्रेतायुगदेखि नै स्वर्गलोकमा देवता र देवपत्नी मृत्युलोकमा माता सीता, रानी दमयन्ती, कुमारी वेदवती आदि नारीहरुले पूजा अर्चना गर्दै आएको व्रत हो ।

गौरापर्वका सम्बन्धमा नेपाल पञ्चा¨ निर्णायक विकास समितिले विशिष्ट समस्यामूलक परिस्थिति सिर्जना भएका वर्षहरुमा सामाजिक परम्परा र तमाम धर्मशास्त्रीय वचनको सूक्ष्म अध्ययन नगरी स्वैच्छाले निर्णय गर्ने गरी गौराष्टमी र दूर्वाष्टमी पर्वलाई जुन समयमा मनाउनु पर्ने हो, त्यस समयमा उल्लेख नगरी विशिष्ट परिस्थितिमा तलमाथि पर्ने गरी पञ्चा¨मा दूर्वाष्टमीको तिथि मिति उल्लेख गरेको पाइन्छ ।

सामाजिक लोक परम्परा एवं शास्त्रीय वचनअनुसार पुत्रदा एकादशीको व्रत र श्रावणी कर्म नगरी दूर्वाष्टमी र गौरापर्व मनाउन नमिल्ने आधार रह“दा रह“दै पनि विगतका वर्षहरुमा भैंm यस वर्ष पनि गौराष्टमी र दूर्वाष्टमी पर्वलाई नेपाल पञ्चा¨ निर्णायक विकास समितिले विवादको विषय बनाएको छ ।

महर्षि अगस्त्य र वशिष्ट ऋषि पत्नी विदुषी नारी लोपामुद्रा र अरुन्धतीबाट सर्वप्रथम प्रारम्भ भएको गौरा पर्व खास गरी सिंहार्कको भाद्रकृष्ण वा भाद्रशुक्ल पक्षको पञ्चमीदेखि सुरु भई अष्टमी तिथिसम्म लोक परम्परा र पौराणिक विधि विधानअनुसार यो पर्व मनाइन्छ ।

मूलतः दूर्वाष्टमीको निश्चित तिथि भाद्र शुक्लपक्षको अष्टमी भए पनि कन्यार्क र अगस्त्युदयका कारण प्रायः गरेर १५ दिन पूर्व भाद्रकृष्ण पक्षको अष्टमी तिथिमा सर्ने गर्दछ । यसकारण यो पर्व भाद्रशुक्ल पक्षमा परे उज्याली गौरा र भाद्रकृष्ण पक्षमा परे अन्यारी गौरा भनिन्छ ।

कर्णाली प्रदेश र भारतको उत्तराखण्ड प्रदेशका केही सीमित स्थानहरुमा र विशेष गरेर सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा मौलिक पर्वका रुपमा धुमधाम र हर्षोल्लासका साथ मनाइने गौरापर्व नागपञ्चमी, पुत्रदा एकादशी, जनेऊ पूर्णिमा तथा नया“ व्रत लिने नारीका लागि हरितालिका (तीज) व्रत बसेर मात्र दूर्वाष्टमी गौरापर्वमा दुबधागो लगाउने सनातन परम्परा रही आएको छ ।

यस सम्बन्धमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई धर्मशास्त्रीय सामाजिक लोक परम्पराका आधारमा विधि विधानअनुसार व्रतपर्व सम्बन्धी निर्णय गर्नुहोस् भनि विगतदेखि नै विभिन्न माध्यमद्वारा जानकारी गराउ“दै आएका छौं । यस वर्ष पनि हामीले ३ वटा सुझाव नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई अवगत हुने गरी पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत अन्तिमपटक मिति २०८०/०३/२६ मा पठाएका थियौं ।

ती सुझावहरु निम्नानुसार छन् –
१—भाद्रमासमा अधिकमास परे सौरश्रावण मास भाद्रकृष्ण अष्टमीमा दूर्वाष्टमी हुन्छ । ने.प.नि.वि.समितिले वि.सं. २०३१, २०५० र २०६९ सालमा भाद्र अधिकमासको अष्टमी तिथिमा दूर्वाष्टमी परेको भनि उल्लेख गरेको ।
२— कन्यार्क र पौराणिक अगस्त्युदय पूर्व भाद्रकृष्ण वा शुक्ल अष्टमी तिथिबाहेक अन्य महिनाको अष्टमी तिथिमा दूर्वाष्टमी र गौराष्टमीको व्रत हु“दैन । ने.प.नि.वि.समितिले श्रावणशुक्ल अष्टमी तिथिमा दूर्वाष्टमी परेको भनि उल्लेख गरेको ।
३— एक दर्जनभन्दा बढी प्रामाणिक धर्मशास्त्रीय वचनानुसार पौराणिक अगस्त्योदयका आधारमा दूर्वाष्टमी व्रतको निर्णय गरी अन्य व्रतपर्वहरु भैंm दूर्वाष्टमी पर्वलाई पनि संंसारभरि एकरुपता दिनुपर्छ । ने.प.नि.वि.समितिले दृश्य अगस्त्युदयका आधारमा काठमाण्डौंको पलभाअनुसार गणित गरी दूर्वाष्टमी तथा गौरापर्वको उल्लेख गर्ने गरेको, दृश्य अगस्त्युदय प्रत्येक स्थानको अलग—अलग हुने र आ–आºनो स्थानको शुभाशुभ फलादेशका निमित्त दृश्य अगस्त्युदयको गणितीय आधार रहन्छ ।
नेपाल पञ्चा¨ निर्णायक विकास समितिद्धारा मिति २०८०÷०४÷०२ मा दूर्वाष्टमी र गौरापर्व सम्बन्धी जारी गरिएको विज्ञप्तिको खण्डन –
१— सिंह संक्रान्त्युत्तरमेकविंशतितमे दिन उदयमेति । (धर्मसिन्धु पृष्ट १२७)
यस उक्तिमा निर्णायक समितिले सुदूरपश्चिम प्रदेशका मानिसलाई अनभिज्ञ र संस्कृत भाषा एवं शास्त्रको ज्ञान नभएको सम्झी त्रुटिपूर्ण आºनो निर्णयलाई पक्षपोषण गर्ने उद्देश्यले सिंहसंक्रान्त्युत्तर शब्दलाई नेपाली भाषामा परिभाषित गर्ने क्रममा सिंहार्क लेखेर श्रावण ३२ गते मसान्तको दिनदेखि गणना गरेर भाद्र २० गतेमा २१ दिन पुर्याई भाद्र २० गतेको दिन अगस्त्युदयको घोषणा गरेका छन् ।

यो त देवभाषा संस्कृतको सोह्रै आना गलत व्याख्या हो । उक्त उक्तिको सही अर्थ त सिंहसंक्रान्ति को उत्तरम् अर्थात् सिंहसंक्रान्तिको भोलिपल्टबाट (भाद्र २ गतेदेखि) एकविंशतितमे दिन २१ औं दिन गणना गरेर भाद्र २२ गते उदयमेति अगस्ती ताराको उदय हुन्छ भन्ने अर्थ हो ।

निर्णायक समितिले विज्ञप्तिमा प्रस्तुत गरेको उपर्युक्त धर्मसिन्धुको यस उक्तिको वास्तविक व्याकरणीक र काव्यशास्त्रीय अर्थको संक्षिप्त सार के हो ? भने सिंह राशीको २१ अंशमा सूर्यले प्रवेश गरेको दिन अगस्त्युदय भएको मान्नु पर्ने हो । भाद्र २१ गतेको राति १० बजेतिर सिंह राशीको २१ अंशमा सूर्य प्रवेश गर्दैछन् । सूर्यग्रहण र चन्द्र ग्रहणको जस्तो दोष अगस्त्युदयमा नहुने हुनाले २०८० सालको दूर्वाष्टमी र गौरापर्व भाद्र २१ गतेको दिनमा मनाउन सकिन्छ । यसमा कुनै पनि शास्त्रीय तथा सामाजिक लोक परम्परागत दोष वा अडचन छैन ।

२— दूर्वाष्टमी तु सा कार्या ज्येष्ठां मूलं च वर्जयेत् । ऐन्द्रक्र्षे पूजिता दूर्वा हन्त्यपत्यानि नान्यथा । भर्तुरायुर्हरामूले तस्मात्तां परिवर्जयेत् ।। (वीर मित्रोदय दूर्वाष्टमी निर्णय पृष्ठ ४४)

दूर्वाष्टमीको दिनमा जेष्ठा र मूल नक्षत्र परेमा त्यसलाई वर्जित गर्नुपर्छ । जेष्ठामा पूजा गरे सन्तानलाई हानी हुने र मूलमा पूजा गरे पतिको आयु हरण गर्छ भन्ने यस श्लोकको भावार्थ हुन्छ । यस सम्बन्धमा हामीले कुनै पनि सुझाव दिएका थिएनौं ।

निर्णायक समितिले स्वयं यो शास्त्रीय उक्ति प्रस्तुत गरेर सर्वसाधारण नागरिकलाई द्विविधामा पार्नुभयो तर यसको समाधानको उपाय बताउनु भएन । यसको समाधान निर्णय सिन्धुमा यसरी दिइएको छ । कर्तव्या चैक भक्तेन ज्येष्ठामूलं यदा भवेत् । दूर्वामभ्यर्चयेद भक्त्या न बन्ध्यदिवसंं नयेत् ।।

यस वचनानुसार जेष्ठा र मूल नक्षत्रमा दूर्वाष्टमीको पूजा अनिष्टकारक भए पनि वाध्यात्मक परिस्थितिमा जेष्ठादेवीको पूजा गरी उपवास गरेर दूर्वाको पूजा गर्नु नै पर्दछ भन्ने शास्त्रीय प्रमाण पनि पाइन्छ तर यस वर्ष भाद्र २१ गते भाद्र कृष्णपक्षको अष्टमी तिथिमा जेष्ठा र मूल नक्षत्रको योग पनि छैन । त्यसैले यस वर्ष भाद्र २१ गतेका दिन हुने गौरापर्व र दूर्वाष्टमी पर्वको सन्दर्भमा उक्त श्लोकले कुनै खास अर्थ राख्न सक्ने अवस्था देखिदैन ।

३—शुक्ले भाद्रपदे मासे दूर्वा संज्ञा तथाष्टमी । सिंहार्क एव कर्तव्या न कन्यार्के कदाचन ।। अगस्त्य उदिते तात पूजयेदमृतोभवाम् । वैधव्यं पुत्रशोकञ्च दशवर्षाणि पञ्च च ।। भाद्र शुक्लाष्टम्यामगस्त्योदये भाविनि सति पूर्वकृष्णाष्टम्यामेव कुर्यादिति हेमाद्रिः । दीपिकायाम्ँप्येवम् इदं च व्रतं स्त्रीणां नित्यम् ।

सिंहार्क (भाद्र महिना) को भाद्र शुक्लपक्षको अष्टमी तिथिमा दूर्वाष्टमीको व्रत गर्नुपर्दछ । कन्यार्क (असोज महिना) को भाद्रशुक्ल अष्टमी र अगस्त्युदयपश्चात् दूर्वाष्टमीको व्रत पूजा कदापि गर्नु हु“दैन । यसो गर्नाले पा“च वा दस वर्षभित्र वैधव्यता र पुत्र शोक प्राप्त हुन्छ ।

यस कारण भाद्रशुक्ल पक्षको अष्टमी तिथिमा उक्त दुई कारणले दूर्वाष्टमीको व्रत पूजा गर्न नमिल्ने अवस्था सिर्जना भएमा अगस्त्युदय पूर्व भाद्रकृष्ण पक्षको अष्टमी तिथिमा दूर्वाष्टमीको व्रत पूजा गर्नुपर्दछ ।

यो व्रत प्रत्येक व्रतालु स्त्रीले अविच्छिन्नरुपमा गर्नुपर्दछ भन्ने माथिको श्लोकको भावार्थ रहेको छ । जुन शास्त्रसम्मत नै हो तर निर्णायक समितिले शास्त्रको यस वचनलाई आफैले खण्डन गरी श्रावणशुक्ल पक्षको अष्टमी तिथिमा अर्थात् भाद्र ७ गते दूर्वाष्टमी पर्व मनाउनु उचित छ भन्नु सान्दर्भिक देखिदैन ।

साथै विज्ञप्तिको समापन खण्डको अन्तिम वाक्यांशमा यसमा पर्व मनाउने तौर, तरिका, मूल्य र मान्यताका विषयहरु भने स्वकीय नै समुचित देखिन्छ । भन्नु र उपर्युक्त शास्त्रीय प्रमाणका रुपमा प्रस्तुत गरिएका उक्ति र श्लोकहरुले पनि भाद्र २१ गते नै दूर्वाष्टमी र गौरापर्व मनाउनु उपयुक्त छ भन्ने संकेत निर्णायक समितिले अप्रत्यक्षरुपमा घुमाउरो भाषामा अभिव्यक्त गरिएको पनि देखिन्छ ।

कुनै एक स्थानको पलभालाई लिएर गणितीय सूत्रअनुसार गणित गरी दृश्य अगस्त्युदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्नु शास्त्रविपरीत र अव्यवहारिक हुन्छ ।

२७ डिग्री उत्तरी अक्षांशमा पर्ने काठमाण्डौंको पलभाअनुसार भाद्र २० गतेमा अगस्त्युदय भएको देखाएर २९ डिग्री उत्तरी अक्षांशमा पर्ने सुदूरपश्चिममा २१ गतेको दिन दूर्वाष्टमी मान्नु हु“दैन भनि सदर गराउन खोज्नु कति न्याय संगत होला ? यदि दृश्य अगस्त्युदयका आधारमा दूर्वाष्टमीको निर्णय गर्ने हो भने ३ पलभा रहेको स्थानमा भाद्र २ गते ८ पलभा रहेको स्थानमा असोज ७ गतेसम्म क्रमिकरुपमा फरक–फरक स्थानमा र फरक–फरक मिति र तिथिमा अगस्त्योदय हुने भएकाले यस आधारमा निश्चित तिथि र मितिमा सबै स्थानमा दूर्वाष्टमी नहुने अवस्था सिर्जना हुन्छ ।

यसर्थ निश्चित तिथि र मितिमा सबै स्थानमा दूर्वाष्टमी मनाउन सकियोस् भनि अगस्त्योदयको सीमारेखा निर्धारण गरी पौराणिक अगस्त्योदयको आधारमा दूर्वाष्टमीको निर्णय गर्नुपर्छ । पौराणिक अगस्त्युदयको लागि २ वटा नियमहरु छन् ।

१— भाद्र महिनाको २१ गतेमा सूर्यले प्रवेश गरेको दिन अगस्त्युदय हुन्छ तर भाद्र २१ गतेभित्र दूर्वाष्टमी पर्न गएमा यो नियम लागू गर्न सकिन्छ । २२ र २३ गतेको दिन दूर्वाष्टमी पर्न गएमा सिंह राशीको २३ अंशमा सूर्यले प्रवेश गरेको दिनमा पौराणिक अगस्त्युदय हुन्छ भनि भविष्य पुराणको उत्तरपर्व अध्याय ११८, मत्स्यपुराण अध्याय ६१ श्लोक ४९, गरुडपुराण, अग्निपुराण, वृहत्संंहिता, समाससंहिता आदि ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । सिंह राशीको २३ अंश भन्नाले भाद्र महिना ३२ गतेको भए २६ गते र ३१ को भए २५ गते सम्झनुपर्छ । सूर्यले त्यो दिन २३ अंश गएको समय जान्नुपर्छ । वि.सं.२००४, २०१२, २०२२ र २०२३ सालमा भाद्र २२ र २३ गतेमा गौरापर्व तथा दूर्वाष्टमी पर्व परेको थियो ।

काठमाण्डौंको पलभाका आधारमा दृश्य अगस्त्युदयको समय निर्धारण गरी दूर्वाष्टमी र गौरापर्वको निश्चित तिथि निर्धारण गर्ने हो भने देश विदेशलगायत सबै स्थानहरुमा एकसात् यो पर्व मनाउन सकिने अवस्था रहदैन ।

यस निर्णयले कुनै स्थानमा दूर्वाष्टमी पर्व मनाउन सकिने, कुनै स्थानमा दूर्वाष्टमी पर्व नै लोप हुने स्थिति सिर्जना हुन्छ । नेपाल पञ्चा¨ निर्णायक विकास समितिको यस्तै निर्णयका कारण भारत लगायत विश्वका थुप्रै मुलुकमा स्थायी एवं अस्थायीरुपमा बसोबास गर्दै आइरहेका सुदूरपश्चिम समाजका आम नेपाली दाजुभाइ दिदी बहिनीहरुले गौराष्टमी र दूर्वाष्टमी व्रत कहिले मनाउनु पर्ने हो ? भनि सोधिरहेका हुन्छन् । उहा“हरुलाई हामीले के जवाफ दिने हो ? यसको निरुपण पञ्चा¨ समितिले गरिदिनु पर्यो ।

यदि दृश्य अगस्त्युदय नै सर्वसम्मत प्रमाण हो भने निम्नलिखित स्थानहरुमा बस्दै आएका सुदूपश्चिम समाजका प्रवासी नेपालीहरु लगायतका अन्य हिन्दु नरनारीहरुले दूर्वाष्टमी तथा गौराष्टमीको व्रत पूजा कहिले गर्ने हो ? यसको शास्त्रसम्मत जवाफ पञ्चा¨ निर्णायक समितिले दिनुपर्दैन ? पूर्वी रेखांश उत्तरी अक्षांश १ देखि १३ अक्षांशका १ देखि २।४६।१२ पलभा भएका देश र स्थानहरुमा श्रावण महिनाको अन्तिम सातामा अगस्त्योदय हुन्छ । जस्तैः– श्रीलंका, मद्रास, तामिलनाडू, बैंगलौर आदि ।

अक्षांश १३ देखि १९ सम्म पलभा २।४६।१२ देखि ४।८ सम्म पलभा भएका अनन्तपुर, गोवा, हैदरावाद, विशाखापट्टनम्, पुना, कल्याण, मुम्बई आदि स्थानहरुमा भाद्र महिनाको २ गते अगस्त्युदय हु“दैछ ।अक्षांश २० देखि २३ सम्म पलभा ४।८ देखि ५।५।३८ सम्म पलभा भएका जगन्नाथपुरी, नासिक, सुरत, नागपुर जूनागढ, उज्जैन, इन्दौर, जबलपुर कलकत्ता आदि स्थानहरुमा भाद्र महिनाको ९ गते अगस्त्युदय हु“दैछ ।

अक्षांश २४ देखि २६ सम्म पलभा ५।५।३८ देखि ५।५१।७ सम्म पलभा भएका कानपुर, नीमच, हजारीवाग, रतलाम, इलाहावाद, झ“ासी, बनारस, मिर्जापुर, अजमेर, पटना, दरभंगा आदि स्थानहरुमा भाद्र महिनाको १४ गते अगस्त्युदय हु“दैछ ।

अक्षांश २७ देखि २८ सम्म पलभा ५।५१।७ देखि ६।७ सम्म पलभा भएका जयपुर, अयोध्या, आगरा, गोरखपुर, सिक्किम, मथुरा र नेपालका अमलेखगञ्ज, धनकुटा, ताप्लेजु¨, काठमाण्डौं, पोखरा, भोजपुर, मोर¨, सुनसरी, उदयपुर आदि स्थानहरुमा भाद्र महिनाको १९ गतेसम्म अगस्त्युदय हु“दैछ ।

अक्षांश २८ डिग्री ४१ मिनटदेखि ३० सम्म पलभा ६।२२।४८ देखि ७ सम्म पलभा भएका अलिगढ, दिल्ली, बरेली, टनकपुर, नैनिताल, नेपालका मुक्तिनाथ, डोल्पा, मुगु, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझा¨, बाजुरा आदि स्थानहरुमा भाद्र महिनाको २१ गते सॉझ ७ः ३४ बजे उप्रान्त २४ गतेसम्म अगस्त्युदय हु“दैछ ।

उपर्युक्त दृश्य अगस्त्युदयका आधारमा कुनै पनि एक स्थानको पलभालाई गणित गरी अगस्त्युदयको समय सीमा निर्धारण गरेर गौरापर्व र दूर्वाष्टमी पर्वका वारेमा निर्णय लिने हो भने पक्कै पनि यो न्यायोचित हु“दैन ।

संसारभरि फैलिएर बसेका तमाम सुदूरपश्चिमेली नेपाली समाजका दाजुभाइ र दिदी बहिनीहरु लगायत हिन्दु धर्मप्रति आस्थावान् अन्य व्यक्तिहरुले पनि दूर्वाष्टमी पर्वलाई मान्दै आएकाहरुले यस पर्वलाई कसरी र कुन दिनमा कहा“ र कहिले मनाउने हो ? त्ँपाईहरुलाई यो लाग्न सक्छ की ? गौरापर्व सुदूरपश्चिमबासीको मौलिक पर्व हो । अरु ठाउ“का मानिसहरुलाई यसको के चासो हुन्छ र, उनीहरुले यो पर्व मनाउने पनि होइन भन्ने प्रश्नहरु पनि उत्पन्न हुन सक्लान् ।

हो त्यो कुरा म पनि मान्दछु । निश्चय नै गौरापर्व र दूर्वाष्टमी पर्व सुदूरपश्चिम बासीहरुको मौलिक पर्व हो । यसमा दुई मत छैन तर दूर्वाष्टमी पर्व १ अर्बभन्दा बेसी हिन्दुहरुको अन्य पर्वहरु जस्तै एक महत्वपूर्ण पर्व पनि हो ।

यसलाई कसैले नकार्न सक्दैन अनि दूर्वाष्टमीस“ग जोडिएर मनाइने गौरापर्वका वारेमा कुनै एक निश्चित स्थानको पलभा लिएर अगस्त्युदय भएको भनि शास्त्रमा उल्लेखै नभएको तिथि र मितिमा अर्थात् श्रावणशुक्ल अष्टमीमा गौरापर्व दूर्वाष्टमी पर्व मनाउन उपयुक्त छ भन्नु कति न्यायसंगत होला ? दृश्य अगस्त्युदयलाई मात्र आधार मान्ने हो भने सुदूरदक्षिण भारतमा श्रावणको अन्तिम सातामा अगस्त्युदय भइसक्छ अनि कसरी श्रावणशुक्ल अष्टमी अर्थात् भाद्र ७ गते यो पर्व कसरी मनाउन सकिन्छ ? के यसमा दोष लाग्दैन ? भारतका विभिन्न सहरहरुमा बस्दै आएका प्रवासी नेपाली र सुदूरपश्चिमेली समाजका आम नेपाली नागरिकहरुलाई यो निर्णयले के सा“च्चिकै न्याय भएको छ, त ? के हामीहरुले सामाजिक मूल्य मान्यताअनुसार आºनो मौलिक र परम्परागत पर्व मनाउनु पाउनु पर्दैन ? यसको जवाफ नेपाल पञ्चा¨ समितिले दिनु पर्छ कि पर्दैन ? यसको निर्णय तपाईहरु आफै गर्नुहोस् ।

धन्यवाद
गौरापर्वले सबैको कल्याण गरुन् । सबै घर, समाज र सम्पूर्ण राष्ट्रमा सुख शान्ति र समृद्धि छाओस् ।

लेखक

ज्योतिषाचार्य ताराप्रसाद

प्रतिक्रिया दिनुस