कञ्चनपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी शुक्लाफाँटा नगरको एकता अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कलुवापुरमा क्रान्तिकारी कम्युनिष्ट पार्टी शुक्लाफाँटा नगरको एकता अधिवेशन सम्पन्न भएको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी शुक्लाफाँटा नगरका इन्चार्ज सन्र्दभ महराले एकता अधिवेशन सम्पन्न भएको बताए । इन्चार्ज महराका अनुसार जगदिश डगौराको संयोजत्वमा १५ सदस्यीय नगर कमिटि विस्तार गरिएको छ । सह संयोजक राजमान कुँवर र सदस्यहरु धन बहादुर लुहार, कमल सिह महरा, प्रजापति ठगुन्ना, जंङ्गे काम, लक्ष्मन टमाटा, राजेन्द्र टमाटा, मनोज चौधरी, केशव कुमार महरा, धनसिह ठगुन्ना रहेका छन । एकता कार्यक्रमको प्रमुख अतिथि समेत रहेका क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज शिखर,केन्द्रीय सदस्य हरि सुवेदी, जिल्ला सयोजक विष्णूराम नेपाली, सह संयोजक नक्साल विष्ट, शुक्लाफाँटा नगर इन्चार्ज सन्र्दभ महरा सहितका नेताहरुले नगर कमिटिलाई राष्ट्रियता, जनतन्त्र, जनजिविका सवाल सशक्त रुपमा उठान गर्दै भ्रष्टाचार बिरुद्धमा सतिशाल झै उभिएर अघि बढ्न कार्यकर्ताहरुलाई प्रशिक्षित गरेका छन । क्रान्तिकारी कञ्चनपुरले जिल्ला एकता पछि पालिका अधिवेशनमा जुटेको छ । क्रमिक रुपमा अन्य पालिकाहरुमा समेत एकता भेला गर्दै कमिटि विस्तार गरेर पालिकामा हुने बेथिति बिरुद्धमा पार्टीलाई शसक्त अघि बढाईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुस