कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको एमाले नेतृत्वको एक पालिकामा भ्रष्टाचार ताण्डप भएको छ । एमाले नेता बिजय सिह धामी नेतृत्वको दार्चुलाको शैल्यशिखर नगरपालिकामा भ्रष्टाचार भएको ताण्डप बाहिरिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वको सरकारले भ्रष्टाचारी तह लगाउने अभियान अघि सारेका बेला सुप प्रदेश र सघीय सरकार बाहिर रहेको एमालेले सरकारको भ्रष्टाचार बिरोधी अभियानमा बाँझो हाल्दै आएको छ ।

सरकारले भ्रष्टाचारीमाथि डण्डा बजाउँदौ सुशासनका कामकाज अघि बढाईरहेका बेला एमाले प्रदेश र केन्द्रले सरकारको बिरोधका लागि बिरोध गरिरहेको छ । तर, एमाले नेता नेतृत्वको पालिकामा भ्रष्टाचारै भ्रष्टाचारले भरिभराउ भएको पाईन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकामा भ्रष्टाचार भएपछि विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुट्टा बिल भर्पाइ तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी बढी भुक्तानी दिएको कसुरमा विष्टविरुद्ध २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इन्जिनियर सन्तोष पाण्डेयले पनेबाज–बन्तोली–बगौरा सडक खन्ने कार्यमा अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी भुक्तानी दिएको कसुरमा उनीविरुद्ध ११ लाख ३० हजार दुई सय ७२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको आयोगले जनाएको छ।

आयोगका अनुसार तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामीले पनि सोही सडक खन्ने कार्यमा अस्वाभाविक रूपमा बढी मूल्यांकन गरी नापी किताबमा चढाई भुक्तानी दिई भ्रष्टाचार गरेको कसुरमा उनीविरुद्ध १४ लाख ७२ हजार दुई सय ८३ रुपैयाँ बिगो दाबी गरिएको छ। नगरपालिकाका सबइन्जिनियर दीपकसिंह विष्टविरुद्ध पनि उक्त कसुरमा २६ लाख दुई हजार पाँच सय बिगो कायम गरी मुद्दा दायर भएको छ ।

पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध वास्तविक तथ्य बंग्याई अस्वाभाविक रूपमा बढी मूल्यांकन गर्न लगाई भ्रष्टाचार गरेको कसुरमा २६ लाख दुई हजार पाँच सय ५६ बिगो कायम गरी अदालतमा मुद्दा दायर भएको आयोगले जनाएको छ ।

एमाले नेतृत्वको शैल्यशिखर नगरपालिकाले अहिलेको भ्रष्टाचार नभई काँग्रेस नेतृत्वको सरकारका पालामा भएको भ्रष्टाचार भएको जनाएको छ । सरकारले भ्रष्टाचारको जरै उखेल्ने काम गरेका बेला एमालेले कहिले प्रधानमन्त्री कहिले गृहमन्त्री, अर्थमन्त्रीदेखिका अन्य मन्त्रीको राजिनामा माग्दै संसद अवरुद्धदेखि सडक आन्दोलन गर्ने, एमाले नेताले नेतृत्व गरेको पालिकामा यसरी भ्रष्टाचार हुँदा एमाले कतै भ्रष्टारमा लिप्त भएको स्थानीय जनताले आशंका गरेका छन ।

एमालेका नेता कार्यकर्ताहरु आफु भ्रष्टाचारमा लिप्त भएकाले सरकारले भ्रष्टाचार बिरुद्धको अभियान संचालन गर्दा अनेकन निहुँ खोजेर संसददेखि सडक आन्दोलनमा उत्रिएको सत्ताधारीका दलको आरोपछ ।

प्रतिक्रिया दिनुस