सुनिल राना कञ्चनपुर, असार १२
नेपालमा जहाँतही यत्रतन्त्र मनोरन्जनात्मक सहितका विभिन्न प्रकारका पार्क निर्माण हुन्छन, तर कञ्चनपुरको एक सामुदायिक विद्यालयले गणित पार्क निर्माण गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका १९ बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले गणित पार्क निर्माण गरेको हो ।
लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको पढाईप्रति अभिरुची बृद्धि गर्नका लागि चौउरमै गणित पार्क निर्माण गरेको बताए । उक्त गणित पार्कमा गणितिय शैक्षिक समाग्री राखिएका छन ।
अधिकाँस विद्यार्थी गणित विषयमा पनि कमजोर हुने भएकाले कक्षा कोठाभित्र मात्रै पठन पाठनले अपुग हुँदा पार्कमा अभ्यास सहित दैनिक प्रत्यक्ष गणितिय शैक्षिक समाग्रीको अवलोकनले थप सिकाईका अभिरुची बढ्ने भएकाले पार्क निर्माण गरिएको प्रअ नाथले बताए ।
‘गणित विषय हाम्रो दैनिक जिवनसंग प्रत्यक्ष जोडिएको छ, तैपनि विद्यार्थीले गणितमा कमै रुची राख्छन, ‘उनले भने, ‘पार्ककै माध्यामबाट समेत विद्यार्थीलाई शिक्षण सिकाईमा थप व्यवस्थापन गर्न हामीले पार्क निर्माण गरेका हौँ ।’ गणित विषयको प्रर्याप्त जानकारी भए अन्य सबै विषयमा समेत विद्यार्थीलाई सहज हुनेछ । विद्यालयमा आईसिटी सहितका शैक्षिक समाग्री जडान गरिएको प्रअ नाथले बताए । गणित पार्क निर्माण गरिएसंगै विद्यार्थीले समेत विगतको भन्दा फरक अनुभव व्यक्त गरेका छन । उनीहरुले पार्कका माध्यममबाट सिकाईमा टेवा पुगेको बताएका छन । लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले विद्यालय प्रदेश सरकारले नमुना विद्यालयमा छनौट भएसंगै गुरु योजना बनाएर थप विद्यार्थीको आर्कषण केन्द्र बनाईने बताए । ‘हाम्रो विद्यालय नमुना विद्यालयमा छनौट भएसंगै हामीले सरोकारवालासंग छलफल गरेर थप स्तरिय बनाउने योजना अघि सारेका छौँ, ‘अध्यक्ष भण्डारीले भने, ‘अब थप स्तरिय शैक्षिक समाग्री सहित साच्चिकै नमुना विद्यालय बनाउने योजना छ ।