किशोर तामाङ

कञ्चनपुर । गाँउकै बहिनी सरह एक युवतीलाई जागिर दिलाईदिन्छु भन्दै अनेकन प्रलोभन देखाएर यौनशोषण गरेर बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एमाले कञ्चनपुरका युवा नेता अमर रानालाई पार्टीबाट कार्वाही गरिएको छ ।

एमाले लालझाडीका प्रभावशाली नेता अमर रानाले गाँउकै २२ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा मुद्दा दायर भएपछि एमाले पार्टीले रानालाई कार्बाही गरेको हो ।

एमाले लालझाडीले एक प्रेस विज्ञप्ती जारी गर्दै मुद्दाको किनारा नलागुन्जेलसम्म निलम्बन गरिएको जनाएको छ । एमाले लालझाडीका अध्यक्ष ओम प्रकास रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा मुद्दाको टुङगो नलाग्दासम्म अमरलाई कार्वाही गरिएको जनाएको छ । मुद्दा दर्ता गर्न किन गएको भन्दै अमर रानाले आफुमाथि कुटपिट गरेको भन्दै अर्का युवक रोहित बडायक प्रहरीमा पुगेका छन । एमाले नेतृत्वको लालझाडीमा स्थानीय सरकार भएकाले एमाले नेता अमर रानाले युवतीलाई जागिर दिलाईदिन्छु भन्दै लोभलालसा देखाएर बलात्कार गरेको पीडित परिवारको दुखेसो छ ।

एमाले लालझाडीले केही अनलाईन मिडियाले अमर राना पाटी सुप प्रदेश सदस्य भन्दै अर्नगल प्रचारबाजी गरेको भन्दै आपत्ति जनाएको छ । एमालेले महिला हिंसा बढ्यो, महिलामाथि बलात्कार, जबरजस्तीकरणी बढ्यो, सरकारले बलात्कारीलाई कार्वाही नगरेको भन्दै बिरोधका लागि बिरोधमा उत्रिरहेका बेला यसरी एमाले नेता कार्यकर्ता नै बलात्कारको धन्दामा फसेपछि एमालेलेलाई संकट परेको छ । महिला अधिकारकर्मीले समेत एमाले नेता कार्यकर्ता नै बलात्कारकाण्डमा मुछिएपछि महिला अधिकारको हुर्मत दिने अधिकारकर्मी चुपचाप बसेको भन्दै आलोचना गरिरहेका छन । आफ्ना पार्टीका मुछिदा चुपचाप अरु पार्टीका नेतामाथि आरोप लाग्दै गर्दा केही पार्टी निकट महिला अधिकारकर्मीले मुद्दा बनाउँदै आएको दुखेसो छ ।

प्रतिक्रिया दिनुस