कञ्चनपुर ,भाद्र, २४। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरले संगठन सुदृढीकरण तथा बिस्तार अभियान सुरु गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा ( बहुमत ) बिचको बैसाखमा सम्पन्न एकताबाट बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल देशैभरि अभियान सञ्चालन गरेको छ ।
कञ्चनपुरमा पनि अभियान सञ्चालन भएको र अभियानमा जनता शीत भेटघाट छलफल गर्ने संगठित गर्ने पार्टी सदस्यता अध्याबधिक गर्ने कञ्चनपुर जिल्ला संयोजक बिष्णु राम दमाईले जानकारी दिनु भयो अभियान कै क्रममा वेदकोट नगरपालिका दैजीमा भेटघाट तथा सभा र वेदकोट नगरपालिका १० नम्बर वडामा वडा अधिवेशन नप्पु डगौराको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी गठन गर्दै सम्पन्न गरेको कुरा नगर इन्चार्ज जय बहादुर रोकायले जानकारी दिनु भयो ।

अधिवेशन पछि रत्न मावि चथरीमा सरसफाइ कार्यक्रम गरेको र अभियान निरन्तर चल्ने राष्ट्रघाती जनघाती कामका बिरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन हुने जिल्ला इन्चार्ज शेर बहादुर देउवाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुस