धनसिह धामी 

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता भरतदत्त भट्टले विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिकालाई विपद्बाट मुक्त गराउन गुरु योजना आवश्यक रहेको औल्याएका छन ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य भट्टले सीमावर्ती दोधाराचाँदनीलाई विपद्बाट मुक्त गराउनका लागि गुरु योजना आवश्यक रहेको औल्याएका हुन ।

दोधाराचाँदनीका स्थानीय समाजसेवी समेत रहेका माओवादी नेता भट्टले शुक्रबार संचारकर्मीसंग नगरको विपद् जोखिम न्यूनिकरणका विषयमा छलफल गर्दै गुरु योजना बनाएर दुई ठुला नदी तथा अन्य स्थानीय खोला नियन्त्रण गर्नुपर्नेमा जोडदिए ।

‘हाम्रो नगरपालिकाको पुर्व तर्फ महाकाली विचमा मलरिया खोला र पश्चिममा जगबुढा नदी छ, ‘उनले भने, ‘हामी

उस्तैपनि विप्दको उच्च जोखिममा बिन्दुमा छौँ, कुनदिन नदी खोलामा वाढी आएर सिङ्गै नगरपालिका जोखिममा पर्छ थाहै छैन ।’

सीमावर्ती दोधाराचाँदनी ऐतिहासिक महत्वको पहिचान बोकेको पालिका भएकाले नदी कटानी नियन्त्रण अहिलेको अपरिहार्य काम भएको बताए ।

‘सिरानीदेखि पुछारसम्म दुवै तर्फ नदी अनि विच गाँउमा मलरिया खोलाले हामीलाई निकै संकटमा पारेको छ, ‘उनले भने, ‘कटानी नियन्त्रण गर्न नसके हामी संकटमा पछौँ ।’

माओवादी नेता भट्टले विगतमा सर्वदलिय संयन्त्र हुँदा आफुहरुले महाकाली, जगबुढा नदी र मलरिया नदी नियन्त्रणका लागि निर्णयदेखि केन्द्रसम्म डेलिगेशन जाँदा केही प्रदेश र संघीय सरकारले आफुहरुको आवाज सुनेर समान्यतया केही स्थानमा तटबन्ध निर्माण गरेपनि पुरै नगर्दा कटानी जारी रहेको बताए । ‘हाम्रो पालिकामा हिउँदै समेत कटानी हुन्छ, ‘जगबुढा महाकाली नदीको मिलन बिन्दु कुतियाकबरमा हिउँदमै पनि कटानी हुन्छ, ‘उनले भने, ‘यस तर्फ पालिका सरकारको विशेष ध्यान दिन जुरुरी छ ।’

उनले पालिका सरकारले सक्ने काम पालिकाले गर्नुपर्ने, पालिकाले नसकेको प्रदेश र संघीय सरकारले गर्नुपर्नेमा जोडदिए, त्यसका लागि समेत पालिका सरकारले माथिल्ला दुवै सरकारलाई घचघच्याउनुपर्ने सुझाव दिएका छन । कृषिका लागि समेत उच्च सम्भावना बोकेको पालिका भएकाले तीनै सरकारले नदीखोलाले बर्षनी गर्दै आएको उर्बराभूमि कटानी रोक्दै किसान आकर्षित कार्यक्रम संचालन गर्न सके स्वदेशमै युवाशक्तिलाई रोक्न सकिने बताए ।

‘दोधाराचाँदनीमा सुक्खा बन्दरगाह, महाकाली नदीमा चार लेनको पुल निर्माणसंगै थप आयाम थपिएको छ, ‘उनले भने, ‘यो संगै अब कटानी पुर्ण नियन्त्रण गर्नुपर्छ, किसान लक्षित कार्यक्रम ल्याएर स्वदेश बस्तु तथा सेवा उत्पादन गरेर पालिकालाई आत्मनिर्भर बनाउनुपर्छ ।’ पालिका सरकारले समेत जनजिविका सवालमा विशेष चासो दिएर कामकाज अघि बढाउन सके युवा विदेशपलायन रोक्न सकिने माओवादी नेता भट्टको विश्लेषण छ । दोधाराचाँदनी आर्थिक, समाजिक, साँस्कृतिक राजनीतिक, पर्यटकीय, सीमा भूगोल, ऐतिहासिक क्षेत्र विवित हिसाबले समारिक महत्व राख्ने पालिका भएकाले जनप्रतिनिधीले समेत गम्भिर भएर वास्तविक जनताका समस्यासंग हातेमालो गरेर अघि बढ्नुपर्ने माओवादी नेता भट्टको सुझाव छ ।

प्रतिक्रिया दिनुस