कञ्चनपुर । झाँडी सफाईको नाममा रुख काटेपछि कञ्चनपुरका एक जनप्रतिनिधी पक्राउ परेका छन । बेलौरी छोटी भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन ।

डिभिजन वन कार्यालय कञ्चनपुरले आईतबार साँझ महेन्द्रनगरबाट बेलौरी नगरपालिका ६ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले अनुमती बिनै रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको बताए ।

संघीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार संचालनका लागि १३ साउनमा वडाकै अगुवाईमा झाँडी सफाई गरिएको थियो । झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसर भित्र रहेका रुख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी सहित बिरुद्धमा उजुरी गरेपछि वनले वडाध्यक्ष चौधरीलाई बयानका लागि भनेर बोलाएर नियन्त्रणमा लिएको छ । भन्सार क्षेत्रबाट कार्टिएको रुख र दाउरा वनले नियन्त्रणमा लिएको छ । सव डिभिजनवन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले गोलिया ११९क्युफिट र २ चट्ठा दाउरा वनले नियन्त्रण गरेर राखेको बताए ।

कैलाली भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालय परिषरमा रहेका रुख काटेपछि भन्सार समेत रुष्ट भएको छ । भन्सारले वनलाई रुख कटानी गर्नेमाथि कार्बाहीको माग अघि सारेर पत्राचार गरेको थियो ।

कैलाली भन्सार कार्यालयका सुचना अधिकारी पवित्र कुमार खडकाले अनुमती बिनै रुख कसैले पनि काट्न नपाउने बताए । ‘हामीले कसैलाई पनि भन्सार परिषर भित्र रहेका रुख काट्न अनुमती दिएका छैनौँ, कसैले मागेको पनि छैन, परिषर भित्र रहेका रुख काट्न अनुमती दिएका छैनौँ, कसैले मागेको पनि छैन, ‘उनले भने, ‘यस विषयमा वनले अनुसन्धान गरिरहेको छ, यसरी गैर कानुनी रुपमा रुख काट्ने काममा हाम्रो साथ सर्मथन रहने कुरै भएन ।’

संरक्षणकर्मीले समेत झाँडी सफाईका नाममा अनुमती बिनै कसैले पनि आँरा नै लगाएर रुख काट्न नपाईने बताएका छन । सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साउदले कसैले पनि पर्यावरण बिरुद्धका गतिबिधी गर्न नहुने बताईन । झाँडी सफाई गर्न पाईने तर प्रकृयाबिनै रुख काट्न नपाईने उनले बताईन । ‘कानुन अनुरुप राम्रो कामका लागि रुख काट्न पाईन्छ, तर कानुन विपरित रुख काट्न पाईदैन ।’

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले भन्सार कार्यालय परिषर भित्र रहेको झाँडी सफाईका क्रममा रुख काटिएपछि वडाध्यक्षले सुचना नै जारी गरेकाले पहिलो नम्बरमा उनी बिरुद्धमा मुद्दा दायर भएको बताए । वन नियमावली ०७९को नियम ३७अनुरुप वन बिरुद्धको गतिबिधी गर्दा वडाध्यक्ष पक्राउ गरिएको सुचना अधिकारी अवस्थीले बताए ।

‘सम्बन्धीत कार्यालयबाटै आफ्नो परिषरमा भएका रुख कटाउन वनलाई पत्राचार गरेर अनुमती लिनुपर्ने हो, ‘सुचना अधिकारी अवस्थीले भने, ‘त्यहाँ त्यासो गरेको देखिएनन, प्रकृया पुरा गरे रुख हटाउन मिल्छ ।’

३० बैशाख ०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित चौधरी स्थानीय एमाले नेता हुन । उनी पक्राउ परेपछि पक्ष विपक्षमा धारणा आईरहेका छन । यस बारेमा वडाध्यक्ष भोजराज चौधरीसंग सम्पर्क गर्दा उनले प्रयोग गर्ने ९८१२७६८८६२ नम्बरमा फोन गर्दा ३ कल उठेनन् र त्यसपछि फोनमा सम्पर्क नै हुन सकेन ।

बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्टले संघीय सरकारले गर्नुपर्ने काम वडा सरकारले गरेको बताउँदै उनले पक्राउ गरेर भन्सार नाका बिरुद्धकोगतिबिधी भएको संज्ञा दिएका छन । ‘भन्सारको जमिनमा कसै व्यक्तिले जमिन कब्जा गरेर सडक छेउछाउमा रुखबिरुवा रोपेका थिए, ‘उनले भने, ‘झाँडी सफाई गर्दा जनताको पक्ष जन चाहना अनुरुप काम हुँदा केही विकास बिरोधी सलबलाएका हुन ।’ झाँडी भएकाले कर्मचारी आउन नमान्ने केही गैर कानुनी गतिबिधी हुने भएपछि सफाई मात्रै गरिएको उनले बताए । क्षेत्रको विकासमा सबैले साथ दिनुपर्ने वाणिज्य संघका अध्यक्ष विष्टको सुझाव छ ।

बेलौरी नगरपालिका उपप्रमुख जोगराज चौधरीले सरसफाई भन्दै आफुलाई समेत भन्सार क्षेत्रमा बोलाएको तर आफुले काठ नकाट् सम्झाई बुझाई गर्दा उल्टै आफुसंग वडाध्यक्ष सहितका स्थानीय रिसाएको बताए । ‘केही दिन पहिला वडाले बेलौरी भन्सार क्षेत्रमा सरसफार्ई राखेको थियो, त्यहाँ मलाईै पनि बोलायो, ‘उनले भने, ‘मैले रुख काट्दा फसिन्छ, भने कसैले मानेन, आज यो अवस्था आयो ।’ बषौँदेखि बन्द रहेको भन्सार खुलाउन पहल भएको र भन्सार खुलाउने नाममा वडाध्यक्ष र कार्यालयले कानुनी प्रकृया पु¥याउनुपर्ने धारणा अभिव्यक्त गरिरहेका छन ।

प्रतिक्रिया दिनुस