कञ्चनपुर । सुदूरपश्चिम प्रदेश दार्चुलाको चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति दार्चुलाको आयोजनमा चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको हो । बिहीबार शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थित चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको जनाईएको छ ।
भुकम्प, आगलागी, कटान, डुवान, भुक्षयिकरण लगायतका विवित विपद्मा मानविय तथा भौतिक बस्तुको उद्दार एव सुरक्षाका लागि पुर्व अभ्यास गरिएको छ । कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाले नदीमा हराएका मानिसको उद्दार एव भुकम्प, आगलागी, कटान, डुवान, भुक्षयिकरण लगायतका विवित विपद्मा उद्दार कार्य बारे अभ्यास गरेका थिए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले विपद् पुर्व अभ्यासबाट भविष्यमा आईपर्ने विपद् जोखिम न्यूनिकरणमा भूमिका निर्वाह गर्न सकिने विषयमा जोडदिएकी थिईन ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एव दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा भएको कार्यक्तममा सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक शिव बहादुर सिह, अनुसन्धान अधिकृत भगेन्द्र बहादुर चन्द, नेपाली सेनाका जमदार सुर्दशन पाण्डे, शैल्यशिखर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुष्कर धामी, रेडक्रस दार्चुलाका मन्त्री दिपक अवस्थी लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।