केशव थापा 

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीमा रहेको न्यू आराधना कला मन्दिर द्वारा बिजया दशमी तथा शुभ दिपावली विशेष बृहत साँस्कृतिक कार्यक्रम २०८० आयोजना हुने भएको छ । न्यू आराधना कला मन्दिरको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम २०८० कार्तिक १७ देखि १९ गतेसम्म हुने न्यू आराधना कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले बताए । प्रमुख रानाले गाउँका कुनाकान्द्रामा आफूभित्र लुकेका प्रतिभालाई उजागर गर्न र हौसला प्रदान गर्न बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ । बिगत दुई दशक देखी साँस्कृतिक संरक्षणका लागि आयोजना गरिदै आएको र यस बर्ष पनि हुने भएको न्यू आराधना कला मन्दिरका संस्थापक निर्देशक भुपेन्द्र रानाले बताए ।

कार्यक्रम संयोजक तथा चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले सास्कृतिक कार्यक्रमको आयोजना भएपछि यहाँका स्थानीय व्यापारीको व्यापार हुने अपेक्षा लिएको बताएका छन । साँस्कृतिक कार्यक्रम ३ दिन चवन्नी बजारको पछाडि खुलामञ्चमा आयोजना हुने आयोजकले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुस