कञ्चनपुर । कञ्चनपुरको शिखर बहुउद्देशयीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको शिखर बहुउद्देशयीय सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सहकारी पदाधिकारीहरुले विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सहकारी बृद्धि विकास केन्द्रीत प्याकेजटमा जोडदिएका छन ।
सहकारी व्यवस्थापन दामोदर सिह धामीले साँगठानिक, कोषाध्यक्ष पकज रावलले आर्थिक प्रतिवेदन, अध्यक्ष नारायणदत्त पनेरुले बार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक डा. मोहन प्रसाद पन्तले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष पंकज रावलले गत आर्थिक बर्ष २०७९÷०८०मा ४८ लाख, ९७ हजार, ३२ र चालु आर्थिक बर्ष २०८०÷०८१ मा ५३ लाख, ८६ हजार,३सय रुपैया बराबरको प्रतिवेदन प्रस्तुत गरेका छन । कोषाध्यक्ष रावलले यस पटक सहकारीले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने बताए ।
कार्यक्रममा संस्थाको बृद्धि विकासमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष नारायणदत्त पनेरुको अध्यक्षतामा भएको कार्यक्तममा सहकारी बोर्ड नेफ्सकुनका प्रमुख माधव प्रशाद जोशीको प्रमुख आथित्यमा भएको थियो । कार्यक्तममा सहकारीका पदाधिकारी, सदस्य सहित, ग्राहकको सहभागिता रहेको थियो ।