निर्माण व्यवसायी राना भन्छन, ईन्जिनियरलाई डेढ लाख घुस नदिदा दुख दिएको र ईन्जिनियर अवस्थी भन्छन, गुणस्तरको विषयमा घटना घटयो

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटिएका छन । ईन्जिनियर अवस्थीलाई सोमबार दिउँसो एक निर्माण व्यवसायीले कुटपिट गरेका हुन । कन्दकला कस्ष्ट्रक्सन प्रालिका संचालक समेत रहेका निर्माण व्यवसायी भीम बहादुर रानाले ईन्जिनियर अवस्थीमाथि कुटपिट गरेका छन ।

रानाको कम्पनीले गत बर्ष ०७९÷०८० मा कञ्ज गाँउमा १ किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको थियो । ईन्जिनियर राम प्रशाद अवस्थीले उक्त ठेक्कामा गुणस्तरको विषयलाई लिएर प्रशन गर्दा आफुलाई फिल्डमै बोलाएर कुटपिट गरिएको बताए ।

‘मलाई आज दिउँसोतिर सडक निर्माण स्थलमै बोलाएर निर्माण व्यवसायी भीम रानाले कुटपिट गरेका हुन, ‘ईन्जिनियर अवस्थीले भने, ‘मैले सडक गुणस्तरको विषय उठान गर्दा कुटपिट गरिदियो ।’ ईन्जिनियरले सडक गुणस्तरको विषयमा आफुमाथि कुटपिट भएको बताए ।

उता निर्माण व्यवसायी भीम बहादुर रानाले कुटपिट नगरेको बताए । उनले योजना शुरुवाती चरणदेखि ईन्जिनियर राम प्रशाद अवस्थीले आफुलाई दुख दिएको सो विषयमा छलफलका क्रममा धकेलाधकेल भएको बताए ।

‘यो योजना शुरु हुँदाकै बखत ईन्जिनियर राम प्रशाद अवस्थीले म बाट डेढ लाख घुस माग्यो, मैले दिएन, त्यसपछी उनले मेरो काम र योजनामा जहिल्यै पनि दुख दिन थाले, ‘निर्माण व्यवसायी रानाले भने, ‘ईन्जिनियर हुँ भन्दैमा निर्माण व्यवसायीबाट अनाधिकृत घुस माग्ने तर नदिएपछि काम फरफारक नगरिदिएपछि समान्य धकेलाधकेल भएको मात्रै हो ।’ रानाले आफु सहित अन्य निर्माण व्यवसायीबाट घुस नदिएपछि यस्तै दुख दिने गरेको आरोप लगाए ।

ईन्जिनियर अवस्थीले घुस नपाएपछि दुख दिएकै कारण तनावको अवस्था सृजना भएको रानाको भनाई छ । लालझाडीका निर्माण व्यवसायी एव उपभोक्ताहरुले पनि पटक पटक ईन्जिनियर अवस्थीले घुस बिना कामै नगरिदिने र दुख दिने गरेको भन्दै गाँउप्रमुख सहितका जनप्रतिनिधीसंग दुखेसो पोख्दै आएका थिए ।

कार्यालय स्रोतका अनुसार ईन्जिनियर अवस्थी बिरुद्धमा सेवाग्राहीले प्रमुख प्रशासकीय अधिकृत एव गाँउप्रमुख निर्मल राना सहितका जनप्र्रतिनिधी कर्मचारीलाई गुनासो गरेपछि ७ साउन ०८० को कार्यपालिका बैठकबाट ईन्जिनियर अवस्थीलाई जिम्मेबारी बिहिन गरेको र त्यसपछि ईन्जिनियरले हारगुहार गर्दा पुन जिम्मेबारी दिएको थियो ।

ईन्जिनियर अवस्थी बिरुद्धमा यस अघि पनि सेवाग्राही पटक पटक कार्यालय आएर कुर्सी समेत भाँचेका थिए । ठेकेदारबाट कर्मचारी कुटिएको विषयमा कर्मचारीले समेत बिरोध जनाएका छन । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड यूनियन कञ्चनपुरका अध्यक्ष खगेन्द्र पण्डितले कर्मचारीमाथि कुटपिट निदनिय र भत्र्सनायोग्य भएको बताए ।

अध्यक्ष पण्डितले कर्मचारीले गल्ती नै गरेको भएपनि कार्बाहीका लागि सम्बन्धीत ठाँउमा उजुरी गर्नुपर्नेमा जोडदिए । कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन प्रशाद भट्टले निर्माण व्यवसायीले गुणस्तरिय काम गर्नुपर्ने, कसै कर्मचारीलाई पनि कुटपिट गर्न नहुने र कुनैपनि ईन्जिनियर कर्मचारीले निर्माण व्यवसायीबाट अनुचित प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ रकम माग्न नहुने बताएका छन ।

‘यदी ईन्जिनियरले निर्माण व्यवसायीबाट घुस मागेर उनलाई दुख दिएको विषय सत्य भए भ्रष्टाचार र गलत कार्य हो, ‘अध्यक्ष भट्टले भने, ‘निर्माण व्यवसायीले पनि गुणस्तरिय काम नगरेको नगरेर कुटपिट गरेको भए त्यो पनि गलत हो ।’

उक्त घटनाबाटै समेत लालझाडीमा गुणस्तहिन काम र आर्थिक लेनदेन हुने गरेको पुष्टी भएको छ । ईन्जिनियर अवस्थीले सडक गुणस्तरको विषय र निर्माण व्यवसायी रानाले घुस नदिदा उक्त घटना घटेको भन्दै आएपछि योजनाहरु गुणस्तहिन र घुसलेनदेनले राज्यको बजेट दुरुपयोग भईरहेको देखिन्छ ।

यस्ता बेथितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ध्यानै नदिएको भन्दै स्थानीयले आक्र्रोस पोखेका छन । खुलेराम गुणस्तहिन काम हुनेदेखि ईन्जिनियरले लाखौँ रकम मागेको विषय बाहिरिदा समेत अख्तियारले चासो समेत नदिएको स्थानीयको दुखेसो छ ।

बिना लेटरप्याड नाम सहितको हस्ताक्षरित गरिएको विज्ञप्तीमा ईन्जिनियरमाथि साँघात्मिक हमला भएको भन्दै कानुनी कार्बाहीको माग अघि सारिएको छ । कार्यालयका ईन्जिनियर कुटपिटको विषयमा सुचना अधिकारी नरेश चौधरीले आफुलाई घटना बारे कुनै जानकारी नभएको बताए ।

लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले उक्त घटनाको विषयमा दुवै पक्षलाई एकै ठाँउमा राखेर बुझ्ने बताए । गाँउप्रमुख रानाले यस अघि ईन्जिनियर अवस्थी बिरुद्धमा घुस मागेको विषयमा कार्यपालिकाले जिम्मेबारी बिहिन गरेको बताउँदै, कर्मचारी अभावका कारण केही समयपछि पुन जिम्मेबारी दिएको बताए । ‘यही घटना निम्तिने भएकाले हामीले उतिबैले जिम्मेबारी बिहिन बनाएका थियौँ, ‘गाँउप्रमुख रानाले भने, ‘के गर्नु जनताको काम पनि गर्नुप¥यो, कार्यालयमा कर्मचारी नै अभाव छ ।’

प्रतिक्रिया दिनुस