कञ्चनपुर । एक निर्माण व्यवसायीबाट कुटिएका लालझाडीका ईन्जिनियर राम प्रशाद अवस्थी बिरुद्धमा स्थानीयले आन्दोलन गरेका छन । बुधबार लालझाडीका केही स्थानीयले ईन्जिनियर राम प्रशाद अवस्थी बिरुद्धमा स्थानीयले आन्दोलन गरेका हुन । निर्माण व्यवसायी र उपभोक्ताबाट घुस लिने भ्रष्टाचारीको गम्भिर आरोप लगाउँदै उनीहरुले ईन्जिनियर अवस्थी बिरुद्धमा पालिकामा नाराबाजी गरेका छन । सोमबार ईन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी भीम बहादुर राना समुहले कुटपिट गरेका थिए ।

मंगलबार ईन्जिनियर अवस्थीले आफुमाथि कुटपिट भएको भन्दै ठेकेदार भीम राना सहित चार जनाका नाममा प्रहरी कार्यालयमा उजुरी दिएको भोलीपल्टै स्थानीयले ईन्जिनियर बिरुद्धमा पालिका कार्यालयमा बिरोध प्रर्दशन गरेका छन । निर्माण व्यवसायी राना निकट आफन्तहरुले ईन्जिनियर बिरुद्धमा नाराबाजी गरेर कार्बाहीको माग अघि सारेका छन । उनीहरुले सोमबार ईन्जिनियरमाथि भएको घटना पनि घुस मागेकै कारण उत्पन्न भएको बताएका छन ।

उनीहरु घुस लिने प्रवृतिकै कारण पालिकामा विकास निर्माण प्रभावित भएको अधिकाँस योजना गुणस्तहिन भएको आरोप लगाएका छन । ईन्जिनियर अवस्थीले घुस लिएका अधिकाँस योजनाहरुमा बेथिति भएको र घुस नलिएका योजनाहरु प्रभावकारी सम्पन्न भएको भन्दै भ्रष्टाचारी ईन्जिनियर मुद्र्दावाद भन्दै नाराबाजी गरेर कार्बाहीको माग अघि सारेका छन । घुस लिन खोज्ने नदिएपछि सताउँदा ठेकेदार भीम राना समुहले समान्य घकेलाधकेल मात्रै भएको घटनामा निर्दोषलाई फसाउन खोजिएको बिरुद्धमा आन्दोलन गरेको बताएका छन ।

स्थानीय युवा भीम बहादुर रानाले ईन्जिनियर राम प्रशाद अवस्थीले हरेक योजनामा उपभोक्ता र निर्माण व्यवसायीबाट पैशा माग्ने नदिनेको काम गर्ने प्रवृति बिरुद्धमा आन्दोलन गरेको बताए । ‘ईन्जिनियर साप अवस्थीले यसरी नै योजनाबाट पैशा माग्ने नदिनेको काम नगर्ने सताउने र दिनेको काम गर्ने प्रवृतिले लालझाडीका योजनामा बेथिति मच्चिएको छ, भने कतिपय मारमा परेका छौँ त्यही भएर आन्दोलन ।’

ईन्जिनियर राम प्रशाद अवस्थीले आफुले कुनैपनि निर्माण व्यवसायी र उपभोक्ताबाट घुस नलिएको बताए । उनले ठेकेदारले नै उस्काएर पठाएका व्यक्ति समुहले नै आफ्ना बिरुद्धमा बदनाम गर्न दुष्प्रचार गरिरहेको बताए । आफुले घुस लिएको मागेको प्रमाण ल्याए कार्बाही भोक्न तयार रहेको बताउँदै ईन्जिनियर अवस्थीले बताए । आफुमाथि कुटपिट गर्ने गिरोहले नै आफ्ना बेईजनी गर्नका लागि केही मान्छे उस्काएर पालिका बिरुद्धमा उस्काएर पठाएको बताए । ईन्जिनियर अवस्थीले कुनै मान्छेले भनेका भर र बिरोध गर्दैमा सत्यतथ्य नबुझेर समाचार प्रकासित नगरिनदिन आग्रह समेत गरेका छन ।

आफु बिरुद्धमा भईरहका सबै षड्यन्त्र मात्रै नभएको र सत्य नभएको बताए । लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले ईन्जिनियरमाथि कुटपिट गरेको प्रकरणमा दुवै पक्षसग बुझेर अघि बढने बताउँदै कार्यालयबाट नियमित कामकाज प्रवाह गरिने विश्वास व्यक्त गरेका छन । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले उक्त घटनाको विषयमा दुवै पक्षलाई एकै ठाँउमा राखेर बुझ्ने बताए । कार्यालयमा ईन्जिनियर अवस्थीमाथि कुटपिट भएपछि उक्त शाखाको कामकाज प्रभावित भएको छ । स्थानीय स्तरमा समेत कुटपिट प्रकरणको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

प्रतिक्रिया दिनुस