कञ्चनपुर । खाद्य अधिकार सञ्जाले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका ईटा उद्योग अनुगमन गर्न माग अघि सारेको छ । खाद्य अधिकार सञ्जाल पुनर्वासले बुधबार घरेलु तथा साना उद्योग विकास कार्यालय कञ्चनपुरमा ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिका क्षेत्रका ईटा उद्योग अनुगमन गर्न माग अघि सारेको हो ।

खाद्य अधिकार सञ्जाल पुनर्वासका संयोजक क

ञ्चन गिरीले ईटा उद्योगका गैर कानुनी गतिबिधीले खाद्य प्रणालीमा प्रभाव परेको भन्दै मापदण्ड अनुरुप संचालन गरिनुपर्ने, नियमित र प्रभावकारी अनगमन गर्नुपर्ने बताए । घरेलु तथा साना उद्योग विकास कार्यालय कञ्चनपुरका प्रमुख हेमन्त सिहलाई ध्यानाकर्षण पत्र बुझाउँदै ईटा उद्योग अनुगमन गर्दै वातावरणमा प्रभाव पार्न नदिन आब्हान गरेका छन । खाद्य अधिकार प्रर्बद्धक श्याम परियारले सम्बन्धीत कार्यालयबाट नियमित अनुगमन गर्नुपर्नेमा जोडदिए । ध्यानाकर्षण पत्र बुझ्दै घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख हेमन्त सिहले उद्योग मापदण्ड अनुरुप संचालन भए नभएको बारे अनुगमन गरिने बताए ।

प्रतिक्रिया दिनुस