कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिट प्रकरणमा निर्माण व्यवसायी संघले चासो दिएको छ । ईन्जिनियर अवस्थीमाथि निर्माण व्यवसायी संघका साधारण सदस्य एव कन्दकला कस्ष्ट्रक्सन एण्ड प्रालिका संचालक समेत रहेका भीम सेना रानाले कुटपिट गरेपछि संघले चासो लिएकोहो ।

निर्माण व्यवसायी रानाले आफुले पाएको कञ्ज गाँउमा सडक कालोपत्रे गर्ने पाएको योजनामा ईन्जिनियर राम प्रशाद अवस्थीले कमिसन मागेको भन्दै मिडिया, अख्तियारदेखि संघमा जानकारी गराएपछि संघले गम्भिर रुपमा लिएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले निर्माण व्यवसायी र ईन्जिनियर राम प्रशाद अवस्थविच भएको घटनाको अध्ययन गरेर अघि बढ्ने बताए । ‘निर्माण व्यवसायीले हामीकहाँ पनि ईन्जिनियरले पैशा मागेको विषयमा निवेदन दिएका छन, ‘उनले भने, ‘यस बारेमा हामी फिल्डमै गएर बुझ्छौँ ।’

ईन्जिनियरले निर्माण व्यवसायी रानासंग पैशा मागे नमागेको र निर्माण व्यवसायीले गुणस्तरिय काम गरे नगरेको विषयमा दुवै पक्षसंग सोधपुछ गरेर अघि बढ्ने बताए । ‘यदी हाम्रो निर्माण व्यवसायीबाट गुणस्तरिमा कमिकमजोरी भएको भए गुणस्तरिय सडक निर्माण गर्न लगाउँछौँ, ‘उनले भने, ‘गुणस्तरिय काम गर्दा गर्दै कमिसन मागेको पाईए ईन्जिनियर बिरुद्धमा संघ लड्छ ।’

यसरी निर्माण व्यवसायीलाई सताएर कमिसन माग्न नपाईने अध्यक्ष भट्टको भनाई छ । ईन्जिनियर र निर्माण व्यवसायीविच भएको काण्डले कार्यालयकै कर्मचारी पक्ष विपक्षमा देखिएका छन । कार्यालयका कर्मचारी कुटिदा समेत कार्यालयको लेटरब्याडमा प्रेस नोट जारी हुनुको साटो खोप्टो कागजमा केहीले बेनामी हस्ताक्षर गरेर भत्र्सना जाहेर गरेका छन ।

ईन्जिनियर कुटने माथि केही कर्मचारी संघ संगठनले मात्रै भत्र्सना जाहेर गरेको पाईन्छ । ईन्जिनियर राम प्रशाद अवस्थीले ठेकेदार राना राना बिरुद्धमा प्रहरी र ठेकेदार रानाले ईन्जिनियर अवस्थी बिरुद्धमा अख्तियारमा उजुरी दिएका छन ।

उक्त प्रकरणबाट कार्यालयमा केही स्थानीयले ईन्जिनियर बिरुद्धमा बिरोध प्रर्दशन गर्न थालेपछि गाँउपालिकाले बिहीबार कर्मचारी बैठक बोलाएको छ । कर्मचारी बैठकमा उक्त प्रकरण कानुनी रुपमा अघि बढेकाले कर्मचारीले नियमित जनतालाई सेवा दिने विषयमा छलफल गरिएको जनाईको छ ।

लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले उक्त घटनाका बारेमा बुझ्न ईन्जिनियरलाई बैठकमा बोलाएपनि उनी नआएको बताए । ‘घटनाबारे प्रत्यक्ष बुझ्नका लागि हामीले ईन्जिनियर सापलाई पनि बोलाएका थिए, तर यहाँ उपचारका सिलसिला भएको आउनु भएन, ‘उनले भने, ‘हामीले घटनाबारे कर्मचारी तहबाट जनताको सेवा अवरोध गर्नुभन्दा नियमित संचालन तर्फ ध्यान केन्दीत गरेका छौँ ।’

सोमबारदेखि ईन्जिनियर अवस्थी कार्यालय नगएपछि कामकाज प्रभावित भएको छ । उक्त घटनाको कर्मचारी र ठेकेदार पक्षबाट सत्यतथ्य छानबिन गरेर दोषि उपर कानुनी कार्बाहीको माग अघि सारिएको छ ।

प्रतिक्रिया दिनुस