कञ्चन , मंसिर  १६ ।नेपाल युथ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेड झलारी शाखा द्धारा सञ्चालित १० दिने खाजा नास्ता तालिम सम्पन्न भएको छ । शनिवार शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्यतामा १० दिने छोटो अवधिको व्यवसायिक चिया तथा नास्ता तालिम कलुवापुरमा सम्पन्न भएको हो । कञ्चन को अपरेटिभ सर्भिस लि का प्रमुख कार्यकारी अधिकृत (सिओ) संकर बहादुर कार्कीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका प्रमुख रण बहादुर महरा अतिथि कञ्चन को अपरेटिभ सर्भिस लि का सहायक सिओ गणेश सिंह कार्की ,अतिथि नेपाल युथ फाउन्डेसन नेपालका कार्यक्रम संयोजक जगत थारू, अतिथि धनगढी उपमहानगरपालिका रोजगार शाखा प्रमुख चन्द महरा ,अतिथि तालिम सञ्चालन प्रमुख प्रशिक्षण सुरेन्द्र चौधरी ,अतिथि प्रभु एफ एमका पत्रकार राजेस भुल, पत्रकार भोजराज जोशी  रहेका थिए। कार्यक्रमको सन्चालन कञ्चन को-अपरेटिभ सर्भिस लिमिटेडका झलारी शाखा प्रमुख धनन्जय अवस्थीले गरेका थिए।

नेपाल युथ फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित तालिममा सहकारीमा आवद्ध २० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख महराले तालिमबाट तालिम सिकेको सिपलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । सिकेको सिपलाई सही सदुपयोग गर्न सकिए मात्रै तालिम लिएको अर्थ रहने उनले बताए । उनले सिपयुक्त व्यक्तिहरुलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जनाको वातावरण तयार गरिने समेत बताए । सिपयक्त व्यवसायीहरुलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढ्ने उनको भनाई थियो । उनले सानो व्यवसायबाट नै नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेको उदाहरण दिदै सुरुवातबाट नै लगनशील भएर व्यवसाय गर्न आग्रह गरे । “व्यवसाय सानो ठूलो भन्ने हुँदैन,लगनशील भएर इमान्दारिताका साथ व्यवसाय गर्नुस्,नगरपालिका साथ दिन तयार छ,नगर प्रमुख महराले भने ।” तालिमबाट सिकेको सिपले सदस्यहरुको आयआर्जनमा वृद्धि हुने विश्वास समेत व्यक्त गरे । सहकारी संस्थाका कार्यकारी प्रमुख शंकर बहादुर कार्कीले कार्यक्रमको समापन गर्दै तालिम अवधिभर सिकेको सिपलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । सहभागिहरुलाई खाजा नास्ता बनाउनका लागि आवश्यक भाँडावर्तन समेत उपलब्ध गराइएको थियो । सहभागिहरुलाई २५ हजार बराबर नास्ता पकाउने भाँडाहरु प्रदान गरिएको थियो ।  सुरेन्द्र चौधरीले सहभागिहरुलाई प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षक चौधरीका अनुसार सहभागिहरुलाई ३० भन्दा बढी मासुजन्य तथा मिठाइका परिकार बारे जानकारी प्रदान गरिएको थियो । सहभागिहरुले तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाए थिए । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको संस्थाले तीन वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुस