कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी(ठेकेदार) भीम सेना रानालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालयले ईन्जिनियर अवस्थीलाई कुटने ठेकेदार रानालाई पक्राउ गरेको हो । शुक्रबार रानालाई छलफलका लागि ईप्रका कञ्जमा बोलाएर नियन्त्रणमा लिएको रानाका घर परिवारले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले ईन्जिनियर राम प्रशाद अवस्थीले निर्माण व्यवसायी राना बिरुद्धमा अभद्रमा उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको बताए । प्रहरी प्रवक्ता डाँगीले पक्राउ गरेका ठेकेदार रानालाई ईप्रका बेलौरीमा राखिएको

छ ।

गत सोमबार ईन्जिनियर अवस्थीमाथि ठेकेदार राना समुहले कुटपिट गरेका छन । गत बर्ष निर्माण व्यवसायी रानाको निर्माण कम्पनी कन्दकला कष्ट्रक्सन एण्ड सप्लार्यस प्रालिले लालझाडी गाँउपालिका २ कञ्जमा सडक कालोपत्रेको ठेक्का पाएको थियो । उक्त ठेक्कामा गुणस्तहिन काम भएको भन्दै ईन्जिनियर अवस्थीले प्रशन उठाएपछि आफुमाथि कुटपिट भएको बताएका थिए । भने ठेकेदारले ईन्जिनियर अवस्थीले आफुसंगै डेढलाख कमिसन मागेको नदिएपछि दुख दिदै आएको र कुटपिट नभई धकेलाधकेल भएको बताएका थिए । कुटपिट प्रकरण पछि ठेकेदारले ईन्जिनियर अवस्थी बिरुद्धमा अख्तियारमा उजुरी र ईन्जिनियर अवस्थीले राना बिरुद्धमा प्रहरीमा उजुरी दिएका थिए । उक्त प्रकरण भएपछि कर्मचारी ईन्जिनियरको पक्ष र जनता ठेकेदारको पक्षमा देखिएका छन ।

ईन्जिनियरले राना जस्तै अन्य ठेकेदार, उपभोक्ताबाट कमिसन खाएर पालिकामा योजना गुणस्तहिन बनाएको आरोप लगाएर १३ मंसिरमा पालिकामा बिरोध प्रर्दशन गरेका थिए । भने, राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गर्नेमाथि कार्बाहीको माग अघि सारेर कर्मचारी संघ संगठनले माग अघि सारेका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरले समेत उक्त घटनामा ईन्जिनियरले घुस मागेको र निर्माण व्यवसायीले कामको गुणस्तरविषयमा अध्ययन गर्ने जनाएको छ । गत बर्ष निर्माण व्यवसायी भीम सेना राना संचालक रहेको कन्दकला कष्ट्रक्सन एड सप्लायर्स प्रालिले कञ्जमा सडक कालोपत्रे जिम्मा पाएको थियो । ईन्जिनियर अवस्थीले गुणस्तरको विषयमा प्रशन गर्दा कुटपिट गरेको बताएका थिए, भने ठेकेदार रानाले आफुसग ईन्जिनियर अवस्थीले डेढ लाख रुपैया घुस मागेकाले विवाद चर्किदा घकेदाधकेल मात्रै भएको बताए । उक्त प्रकरणमा ईन्जिनियरले न्यायका लागि ठेकेदार राना बिरुद्धमा प्रहरी र ठेकेदार रानाले ईन्जिनियर अवस्थी बिरुद्धमा अख्तियारमा उजुरी दिएका छन । उक्त घटना पछिका बाँकी रहस्यमाथि अनुसन्धान गर्न समेत स्थानीय स्तरबाट माग गरिएको छ । कर्मचारी संघ संगठनहरुले ठेकेदारमाथि कार्बाहीको माग अघि सारेका छन । केही स्थानीयले हरेक योजनाबाट कमिसन खाने भ्रष्टाचारमा लिप्त ईन्जिनियरमाथि कार्बाहीको माग अघि सारेर पालिका बिरुद्धमा बिरोध प्रर्दशनले कार्यालयमा असहज अवस्था सृजना भएको छ । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले उक्त घटनाको विषयमा दुवै पक्षसंग बुझेर अघि बढने जनाएका छन ।

प्रतिक्रिया दिनुस