कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन । उत्कृष्ठ काम गरेको भन्दै नगरपालिका स्वास्थ्य शाखाले १२ महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।

मंगलबार २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा उनीहरुलाई उत्कृष्ठ काम गरेको भन्दै सम्मान गरेको जनाएको छ । बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले उत्कृष्ठ काम गर्ने र ६० बर्ष भन्दा बढि उमेर पुगेका महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको बताए ।

उनका अनुसार ६० बर्ष भन्दा बढि उमेर पुगेका दुर्गा शर्मा, सावित्री चन्द, देवकी पन्त, गोमा रावल सहित बसन्ती बडू, अञ्जु साउद, बैजन्ती तिरुवा, शान्ति भट्ट, भागरती चौधरी, पार्वती जोशी, लक्ष्मी भट्ट, ईन्द्र साउद रहेका छन ।

उनीहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित भएका महिला स्वास्थ्य स्वयसेविकासले पालिकाप्रति आभार प्रकट गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका मेयर भोजराज बोहराले महिला स्वास्थ्य स्वयमसेविकाको उच्च भूमिका रहेको बताए ।

मेयर बोहराले अवकास जाने हरेक महिला स्वास्थ्य स्वयसेविकालाई नगद १लाख, १ हजार सहित सम्मान गरिने बताए । बेदकोट नगर स्तरिय महिला स्वास्थ्य स्वयसेविका समन्वय समितिका अध्यक्ष पार्वती रोस्याराले महिला स्वास्थ्य स्वयमसेविकाको पीडा थुप्रै रहेकाले बीमादेखिका विषयमा ध्यान दिन आग्रह गरेका छन ।

कार्यक्रममा बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली सहितका जनप्रतिनिधी, कर्मचारी एव महिला स्वास्थ्य स्वयमसेविकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस