कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा सरोकारवाला पक्षविच ६ बुँदे सहमती भएको छ । ईन्जिनियर कुटपिट प्रकरणमा ठेकेदार भीमसेन राना प्रहरी हिरासतमै रहेका बेला सरोकारवालाले ६ बुदे सहमती गरेका छन ।

मंगलबार निर्माण व्यवसायी संघ कञ्चनपुरको हलमा भएको सरोकारवालाविचको छलफलबाट सहमती भएको जनाईएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टको अध्यक्षतामा लालझाडी गाँउपालिका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, नेपाल ईन्जिनियर एसोसिएसनका सुप सचिव पदम बहादुर मडै सहितका निर्माण व्यवसायी सहितका सरोकारवालाविच भएको बैठकले कुटपिटमा संलग्नमाथि कार्बाहीदेखि अब उपरान्त यस्ता घटना नदोहोरिने विषयमा सहमती गरेका छन ।

निर्माण व्यवसायी रानासंगै ईन्जिनियरको जाहेरीमा उल्लेख भएका नरेश राना र जगदिश रानालाई कानुन बमोजिम माफि माग्न लगाउने, ठेकेदारबाट ईन्जिनियरले पैशा मागेको विषयमा ईप्रका बेलौरीम माफि माग्ने, अन्य कर्मचारीलाई सुरषित भयरहित वातावरण कायम गराउने, आगामी दिनमा घटना दोहोरिन नदिने, ईन्जिनियरको कानमो थप सर्जरी गर्नुपर्ने भएकाले व्यवसाीबाट उपचार गर्न बेहोर्ने, थप उजुरबाजुर नगर्ने नगराउने, कञ्ज सडक स्तरोन्नती गर्दै सहमती कार्यान्वयन गर्ने भएका छन ।

निर्माण व्यवसायी राना प्रहरी हिरासतमा रहेका बेला गरिएका उक्त सहमतीमा समेत स्थानीय रुष्ट भएका छन । ईन्जिनियरले दायर गरेको मुद्दामा कार्बाही हुने र अनि ठेकेदारले भ्रष्टाचार सहित कमिसन माग्ने विषयमा मुद्दा दायर बारे अख्तियारले के गर्छ भन्दै अख्तियारलाई प्रशन गरेका छन ।

गत बर्ष निर्माण व्यवसायी भीमसेन रानको निर्माण कम्पनीले कञ्जमा ठेक्का पाएका थिए । ठेकेदार रानाले ईन्जिनियरले कमिसन घुस मागेको भन्दै ईन्जिनियर बिरुद्धमा अख्तियार र ईन्जिनियर अवस्थीले राना बिरुद्धमा प्रहरीमा जाहेर दिएका थिए । उक्त प्रकरणलाई लिएर स्थानीयले सडक निर्माण समयमै गर्नुपर्ने माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस