कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरण साम्य भएको छ । ईन्जिनियर अवस्थी कुटपिट प्रकरण १० दिनमा साम्य भएको हो । बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा मिलापत्र भएको छ । ११ मंसिरमा निर्माण व्यवसायी भीमसेन राना समुहले ईन्जिनियर अवस्थीमाथि कुटपिट गरेका थिए ।

कुटपिट प्रकरणमा ईन्जिनियर अवस्थीले कन्दकला कस्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालन समेत रहेका राना सहित तीन जना बिरुद्धमा प्रहरीमा उजुरी दिएका थिए । भने, ईन्जिनियर अवस्थी बिरुद्धमा ठेकेदार रानाले अख्तियारमा उजुरी दिएका थिए ।

ठेकेदार सहित तीनै जनाले ईन्जिनियर अवस्थीसंग लिखित माफि मागेका छन । ठेकेदार राना, उनका सहयोगी जगदिश राना र नरेश रानाले ईन्जिनियरसग माफि मागेका हुन । लालझाडी गाँउपालिका २ कञ्ज बजारमा निर्माण भईरहेको सडक स्तरोन्नती योजनामा ११मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट ईन्जिनियर अवस्थीमाथि दुव्र्यवहार हातपातका विषयमा सार्वजनिक रुपमा माफि मागेका छन ।

कुटपिट प्रकरणमा ईन्जिनियरले योजना शु्रुवात भएदेखि डेढलाख कमिसन मागेको विषयमा ठेकेदार रानाले बोलेको विषय समेत आधारहिन भएको बताएका छन । निर्माण व्यवसायी रानाले घटनाका बेला ईन्जिनियर अवस्थीले कमिसन मागेको र अन्य योजनाहरुबाट समेत कमिसन माग्दै आएको लगाएका आरोप निराधार भएको बताएका हुन ।

अब उपरान्त यस्ता घटना दोहोरिन नदिने र प्रतिशोध समेत नराख्ने विषयमा सहमती गरेका छन । मंगलबार निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टको अध्यक्षतामा ईन्जिनियर एसोसिएसन, निर्माण व्यवसायी संघ र लालझाडीका जनप्रतिनिधीविच भएको बैठकले ६ बुँदे सहमती गरेपछि पक्राउ परेका ठेकेदार राना हिरासत मुक्त भएका छन ।

भने ठेकेदार राना सहितले माफि मागेका छन । निर्माण व्यवसायी रानासंगै ईन्जिनियरको जाहेरीमा उल्लेख भएका नरेश राना र जगदिश रानालाई कानुन बमोजिम माफि माग्न लगाउने, ठेकेदारबाट ईन्जिनियरले पैशा मागेको विषयमा ईप्रका बेलौरीम माफि माग्ने, अन्य कर्मचारीलाई सुरषित भयरहित वातावरण कायम गराउने, आगामी दिनमा घटना दोहोरिन नदिने, ईन्जिनियरको कानमो थप सर्जरी गर्नुपर्ने भएकाले व्यवसाीबाट उपचार गर्न बेहोर्ने, थप उजुरबाजुर नगर्ने नगराउने, कञ्ज सडक स्तरोन्नती गर्दै सहमती कार्यान्वयन गर्ने भएका छन । उक्त प्रकरणलाई लिएर स्थानीयले सडक निर्माण समयमै गर्नुपर्ने माग अघि सारेका छन ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टको अध्यक्षतामा लालझाडी गाँउपालिका अध्यक्ष निर्मल राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, नेपाल ईन्जिनियर एसोसिएसनका सुप सचिव पदम बहादुर मडै सहितका निर्माण व्यवसायी सहितका सरोकारवालाविच भएको बैठकले कुटपिटमा संलग्नमाथि कार्बाहीदेखि अब उपरान्त यस्ता घटना नदोहोरिने विषयमा सहमती गरेका थिए । लालझाडीमा उक्त घटना घटेपछि योजनाको काम ठप्पदेखि अन्य योजनाको कामकाज प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुस