कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरले १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा बुधवार जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेका छ । १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा संघले बुधवार जिल्ला स्तरिय अन्तर माध्यमिक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले उक्त हाजिरी जवाफ प्रतियोगितामा सहभागिता जनाएको निमार्ण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए । प्रतियोगितामा राष्ट्रिय मावि पिपलाडी प्रथम, लक्ष्मी मावि बागफाँटा दोस्रो, बैजनाथ मावि महेन्द्रनगर बजार तेस्रो र सिद्ध बैजनाथ मावि बनशाहले चौथो भएका छन । प्रतियोगितामा सहभागि भएका ४४ विद्यालयका टिमहरुलाई ४ समुहमा विभाजन गरेर नकआउट प्रणालीबाट प्रतिस्पर्धा गराइएको हो ।

एक समुहमा ११ विद्यालयका टिमलाई प्रतिस्पर्धा गराई पहिलो र दोस्रो टिमलाई मात्रै चार ओटै समुहबाट छनौट गरि फाइनलमा आठ टिम बिच प्रस्पिर्धा गराइएको थियो ।

उक्त प्रतिस्पर्धामा शुक्लाफाँटा नगरपालिका पिपलाडीको राष्ट्रिय माविले प्रथम स्थान हासिल गरेको हो । १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना भएको उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुँने राष्ट्रिय मावि पिपलाडीले २१ हजार १११ रुपैँया पुरस्कार राशी पाएको छ । त्यस्तै दास्रो हुने लक्ष्मी मावि बागफाँटाले १५ हजार १११ रुपैँया, तेस्रो हुने बैजनाथ मावि महेन्द्रनगरले ११ हजार १११ रुपैँया र चौथो एवं सान्तवना हुनेले ५ हजार १११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र १६ औं निर्माण दिवसको दिन मंसिर २२ गते प्रदान गरिने अध्यक्ष भट्टले बताए ।

उक्त अन्तर माध्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता भीनपा–१८ गोबरैया स्थित निङ्गलाशैनी माद्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो । जिल्लामै निर्माण व्यवसायी संघले राष्ट्रिय दिवसको अवसरमा पहिलो पटक अन्तर माध्यमिक जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । उक्त हाजिरी जवाफ प्रतियोगितामा ४४ विद्यालयका टिमले सहभागिता भएका थिए ।

प्रतिक्रिया दिनुस